२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

प्रोटोनको ‘रियर–ह्विल–ड्राइभ’ इभी भित्र्याउँदै जगदम्बा मोटर्स

Nada
२०८३ असार १८ गते १७:२८
Shares
प्रोटोनको ‘रियर–ह्विल–ड्राइभ’ इभी भित्र्याउँदै जगदम्बा मोटर्स

काठमाडौं : प्रोटोन गाडीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले नयाँ प्रोटोन ई मास५ नेपाली बजारमा ल्याउने तयारी गरेको छ । यो आफ्नो सेग्मेन्टमा नेपालकै पहिलो रियर–ह्विल–ड्राइभ कम्प्याक्ट इलेक्ट्रिक एसयुभी हुने जगदम्बाले जनाएको छ ।

ncell

नेपालको विद्युतीय सवारीसाधन बजारमा अर्को महत्वपूर्ण उपलब्धि थप्नुको साथै प्रविधिमैत्री, उच्च कार्यसम्पादन गर्ने र वातावरणमैत्री सवारीप्रति उपभोक्ताको आकर्षण बढ्ने कम्पनीको विश्वास छ ।

रियर–ह्विल–ड्राइभ प्लेटफर्ममा आधारित यस गाडीमा सन्तुलित तौल वितरण, उत्कृष्ट ड्राइभिङ क्षमता, उच्च स्थायित्व तथा सहज नियन्त्रणको सुविधा रहेको छ ।

यी विशेषताले व्यस्त सहरी सडकदेखि राजमार्ग र नेपालको पहाडी सडकसम्म विभिन्न प्रकारका सडकमा सुरक्षित र सहज यात्रा सुनिश्चित गर्न मद्दत गर्ने कम्पनीको विश्वास रहेको छ । शंकर ग्रुपअन्तर्गत रहेको जगदम्बा मोटर्सले दिगो यातायात प्रणालीलाई प्रवर्धन गर्ने आफ्नो प्रतिबद्धतालाई निरन्तर सुदृढ बनाउँदै आएको जनाएको छ ।

सम्बन्धित खबर