२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

डोटी र सिन्धुपाल्चोकका सामुदायिक विद्यालयलाई एनआइसी एसिया बैंकको सहयोग

Nada
२०८३ असार १८ गते २१:४३
Shares
डोटी र सिन्धुपाल्चोकका सामुदायिक विद्यालयलाई एनआइसी एसिया बैंकको सहयोग

काठमाडौं : एनआइसी एसिया बैंकले डोटी र सिन्धुपाल्चोकका २ सामुदायिक विद्यालयलाई शैक्षिक तथा अन्य सामग्री सहयोग गरेको छ ।

ncell

बैंकले डोटीस्थित श्री सरस्वती आधारभूत विद्यालयलाई वाटर डिस्पेन्सर तथा सिन्धुपाल्चोकस्थित श्री जनजागृति माध्यमिक विद्यालयलाई ल्यापटप, डेस्कटप कम्प्युटर र प्रोजेक्टर उपलब्ध गराएको हो । डोटीको बगर वायलस्थित केआई सिंह गाउँपालिका–४मा रहेको विद्यालयमा प्रारम्भिक बाल विकासदेखि कक्षा ५ सम्म अध्ययन हुन्छ ।

विद्यालयमा हाल ३६ भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । उक्त विद्यालयमा बाबुआमा गुमाएका तथा सीमान्तकृत २१ जना विद्यार्थीलाई आवासीय सुविधासहित खाने र बस्ने व्यवस्था गरिएको छ । विद्यालयमा स्वच्छ खानेपानीको पहुँच सहज बनाउने उद्देश्यले बैंकले वाटर डिस्पेन्सर सहयोग गरेको जनाएको छ ।

बैंकको दीपायल शाखाका प्रमुख रमेश ओझाले विद्यालयका प्रधानाध्यापक पदमसिंह विष्टलाई वाटर डिस्पेन्सर हस्तान्तरण गरेका थिए । 

यस्तै, सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१२ श्री जनजागृति माध्यमिक विद्यालयलाई पनि बैंकले शैक्षिक सामग्री सहयोग गरेको छ । प्रारम्भिक बाल विकासदेखि कक्षा १२ सम्म अध्यापन हुने यस विद्यालयमा करिब ४५० विद्यार्थी अध्ययनरत छन् ।  विद्यार्थीको प्रविधिमा पहुँच विस्तार गर्दै गुणस्तरीय शिक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यले बैंकले एक थान ल्यापटप, तीन थान डेस्कटप कम्प्युटर र एक थान प्रोजेक्टर प्रदान गरेको हो । 

यस सहयोगले विद्यार्थीको पठनपाठनलाई थप सहज बनाउनुका साथै विद्यालयमा प्रविधिमैत्री सिकाइ वातावरण विकास गर्न टेवा पुग्ने विश्वास बैंकले लिइएको छ ।

सम्बन्धित खबर