२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

दराजको ‘७.७ महाबचत बजार’ घोषणा

Nada
२०८३ असार १९ गते १३:०१
Shares
दराजको ‘७.७ महाबचत बजार’ घोषणा

काठमाडौं : नेपालको अनलाइन सपिङ गन्तव्य दराज नेपालले आफ्नो बहुप्रतिक्षित '७.७ महाबचत बजार' अभियानको घोषणा गरेको छ । यो अभियान आगामी जुलाई ६ (असार २२ गते) बेलुका ८ बजेदेखि सुरु हुनेछ ।

ncell

यस अभियानअन्तर्गत ग्राहकहरूले विभिन्न श्रेणीका उत्पादनहरूमा ७५ प्रतिशतसम्मको आकर्षक छुट, विशेष ब्रान्ड अफर, नि:शुल्क डेलिभरी र ५० लाख रुपैयाँ बराबरका भौचरहरू प्राप्त गर्न सक्नेछन् ।

यस पटकको महाबचत बजारलाई थप उत्साहजनक बनाउन दराजले मेगा गिभअवेको आयोजना गरेको छ । यसअन्तर्गत तीन जना भाग्यशाली ग्राहकले लक्की ड्रमार्फत एक–एक थान स्मार्ट फोन जित्न सक्नेछन् । पुरस्कारहरूमा नथिङ फोन ४ए, मोटोरोला मोटो जी८५ फाइभजी र एआई प्लस प्लस २ रहेका छन् ।

कुनै पनि भुक्तानी माध्यम प्रयोग गरी न्यूनतम ५ हजार रुपैयाँ बराबरको खरिद गर्ने ग्राहकहरू स्वतः मेगा गिभअवेको लक्की ड्रमा सहभागी हुन पाउनेछन् ।

मेगा गिभअवेका साथै फ्यान्टेक, अल्टिमा र बोसिनी जस्ता ब्रान्डका उत्पादनहरू समावेश गरिएका दैनिक गिभअवेहरू पनि सञ्चालन हुनेछन् । सेल अवधिभर कम्तीमा एक पटक सफल खरिद गर्ने ग्राहकहरू यसका लागि योग्य हुनेछन् । दैनिक विजेताहरूको घोषणा हरेक दिन दिउँसो ३ बजे दराज नेपालको टिकटक च्यानलमार्फत प्रत्यक्ष (लाइभ) गरिने कम्पनीले जनाएको छ ।

ब्रान्ड पार्टनर र विशेष छुट अभियानमा विभिन्न स्तरका ब्रान्ड पार्टनरहरूले विशेष छुट प्रदान गर्नेछन् ।

प्लेटिनम ब्रान्ड पार्टनर: एमडब्लुसी, मसलब्लेज, प्लम, हानासुइ र पिलग्रिम्सका उत्पादनमा ५० प्रतिशतसम्म छुट ।
गोल्ड ब्रान्ड पार्टनर: ब्रान्डहाउस, सुजुकी, कोसआरएक्स र एन्करका उत्पादनमा ६० प्रतिशतसम्म छुट ।
सिल्भर ब्रान्ड पार्टनर: एम्पर्स्यान्ड, मारिको, पी सेफ, फ्यान्टेक र रोतोका उत्पादनमा ८० प्रतिशतसम्मको विशेष छुट ।

ब्रान्ड रस आवर र डिजिटल भुक्तानी अफर जुलाई ६ को बेलुका ८ बजेदेखि जुलाई ७ को बिहान २ बजेसम्म 'ब्रान्ड रस आवर' सञ्चालन हुनेछ, जहाँ १०० भन्दा बढी ब्रान्डका उत्पादनमा ७५ प्रतिशतसम्म छुट पाइनेछ । यसका साथै, ई-सेवासँगको सहकार्यमा डिजिटल भुक्तानी गर्दा थप १२ प्रतिशतसम्म (अधिकतम २०० रुपैयाँ) र नियमित अवधिमा १० प्रतिशतसम्म (अधिकतम १,००० रुपैयाँ) छुट प्राप्त गर्न सकिनेछ ।

दराजले यो अभियानलाई यस सिजनकै सबैभन्दा ठुलो र फाइदाजनक अनलाइन सपिङ अनुभव बनाउने लक्ष्य राखेको छ ।

सम्बन्धित खबर