२०८३ असोज २१ गते बुधवार / Oct 07 , 2026 , Wednesday
२०८३ असोज २१ गते बुधवार

नहारेको केप भर्डे

Nada
दिवाकर अधिकारी
२०८३ असार २१ गते ०६:१५
Shares
नहारेको केप भर्डे

काठमाडौं : फिफा विश्वकप २०२६ मा सहभागी राष्ट्रहरूमध्ये केप भर्डे सबैभन्दा सानो राष्ट्रमध्ये एक हो, तर उसको प्रदर्शन र साहस भने कुनै विशाल फुटबल शक्तिभन्दा कम रहेन । शुक्रबार राति मियामी स्टेडियममा भएको ‘राउन्ड अफ ३२’को रोमाञ्चक खेलमा साबिक विश्व विजेता अर्जेन्टिनासँग ३–२ को कठिन हार व्यहोर्दै केप भर्डेको विश्वकप यात्रा समाप्त भएको छ, तर उनीहरू विश्वभरका फुटबल प्रशंसकहरूको मन जित्न सफल भएका छन् ।

ncell

विश्व वरीयतामा ६७औं स्थानमा रहेको केप भर्डेले पहिलो वरीयताको अर्जेन्टिनालाई अतिरिक्त समयसम्म कडा टक्कर दिएको थियो । लियोनल मेस्सीको गोलबाट पछि परेको अवस्थामा केप भर्डेले खेललाई १–१ को बराबरीमा ल्याउँदै अतिरिक्त समयसम्म पुर्‍यायो । अतिरिक्त समयमा पुनः पछि परेको अवस्थामा सिड्नी लोप्स काब्रालले एक उत्कृष्ट गोल गर्दै खेललाई २–२ को स्थितिमा ल्याएका थिए । यद्यपि, खेलको अन्त्यतिर डिने बोर्गेसको शरीरमा ठोक्किएर भएको एक आत्मघाती गोलले अर्जेन्टिनालाई भाग्यमानी जित दिलायो ।

टोलीका प्रबन्धक बुबिस्टाले हारका बाबजुद टोलीप्रति गर्व व्यक्त गर्दै भने, ‘हामीले देखायौं कि हामी सानो देश भए पनि विश्वका उत्कृष्ट टोलीहरूसँग खेल्न सक्छौं ।’

यस प्रतियोगितामा केप भर्डेका ४० वर्षीय गोलकिपर भोजिन्हा एक ‘हिरो’का रूपमा उदाएका छन् । हाल कुनै पनि व्यावसायिक क्लबमा आबद्ध नरहेका उनले स्पेनविरुद्धको खेलमा ७ र अर्जेन्टिनाविरुद्ध ८ महत्वपूर्ण बचाउ गर्दै टोलीलाई ऐतिहासिक मोडमा पु¥याएका थिए । कुल १८ बचाउका साथ उनी यस विश्वकपमा सबैभन्दा धेरै बचाउ गर्ने गोलकिपरहरूको सूचीमा तेस्रो स्थानमा छन् । उनको प्रदर्शन र खेलपछिको भावनात्मक प्रतिक्रियाले गर्दा सामाजिक सञ्जालमा उनका फलोअर्सको संख्या २० करोड नाघेको छ ।

केप भर्डेका डिफेन्डर रोबर्टो लोप्सका अनुसार यस विश्वकपको सबैभन्दा ठुलो उपलब्धि भनेको अब संसारलाई आफ्नो देशको परिचय दिइरहनु पर्दैन । उनले भने, ‘यो विश्वकपबाट आएको एउटा राम्रो कुरा भनेको अब कसैले पनि नक्सामा केप भर्डे कहाँ छ भनेर सोध्ने छैन । हामीले आफूलाई विश्वको मानचित्रमा स्थापित गरेका छौं ।’

करिब ५ लाख जनसंख्या भएको यो सानो टापु राष्ट्रले समूह चरणमा युरोपेली च्याम्पियन स्पेनलाई गोलरहित बराबरीमा रोक्नुका साथै उरुग्वेसँग २–२ को बराबरी खेलेर सबैलाई आश्चर्यचकित पारेको थियो ।

मियामीमा बसोबास गर्ने केप भर्डेका प्रशंसकहरू खेलपछि भावुक, तर गौरवान्वित देखिएका थिए । ४० वर्षअघि अमेरिका आएका ६५ वर्षीय प्रिटो फर्नान्डेजले भने, ‘अब सारा संसारले केप भर्डेको बारेमा जानेको छ । हामी जे गर्छौं, ठुलो हृदयले गर्छौं र त्यो आज सबैले देखे ।’ प्रशंसकहरूले स्टेडियम बाहिर आफ्नो संस्कृति, संगीत र प्रसिद्ध परिकार ‘काचुपा’को चर्चा गर्दै खुसीयाली मनाएका थिए ।

पूर्वफुटबलर ग्यारी नेभिलले यसलाई कुनै पनि ‘अन्डरडग’ टोलीले देखाएको ‘सबैभन्दा उत्कृष्ट प्रदर्शन मध्येको एक’ भनेका छन् । उनले ४८ टोलीको विश्वकप बनाउने फिफाको निर्णयप्रति उनी पहिले सशंकित थिए, तर केप भर्डेको प्रदर्शनले उनको सोच बदलिदिएको छ । त्यस्तै, इयान राइटले पनि केप भर्डेको प्रयासलाई ‘हर्कुलियन इफोर्ट’को संज्ञा दिएका छन् ।

यद्यपि ‘ब्लु सार्क्स’को विश्वकप यात्रा समाप्त भएको छ, तर उनीहरूले छोडेको छाप र साहसलाई फुटबल इतिहासले लामो समयसम्म सम्झिरहनेछ ।

ताजा खबर

सम्बन्धित खबर