२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

Nada
२०८३ असार २१ गते ११:४३
Shares
सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ : स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । गत शुक्रवारको तुलनामा सुन तोलामा रु. ४०० र चाँदी रु. १० ले घटेको छ ।

ncell

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला रु. दुई लाख ९० हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु. चार हजार ६०५ कायम भएको छ ।

गत शुक्रबार छापावाल सुन प्रतितोला रु. दुई लाख ९० हजार ७०० र त्यति नै परिमाणको सेतो धातु रु. चार हजार ६१५ मा कारोबार भएको थियो । गत बिहीबार छापावाल सुन प्रतितोला रु. दुई लाख ८३ हजार ५०० र त्यति नै परिमाणको चाँदीको रु. चार हजार ४५० मा किनबेच भएको थियो ।

सम्बन्धित खबर