२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी

Nada
२०८३ असार २३ गते १२:१०
Shares
राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी

काठमाडौँ : नेपाल राष्ट्र बैंकले  रु २५ अर्बको ऋणपत्रको बोलकबोलको लागि आह्वान गरेको छ । 

ncell

बैंकद्वारा आज यहाँ जारी सार्वजनिक सूचनामा ऋणपत्र २०८४ ‘ङ’  अनलाइनमार्फत बोलकबोल गर्न सकिने उल्लेख  छ । ऋणपत्रको बोलकबोलमा राष्ट्र बैंकबाट इजाजत पत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था (काउण्टरपार्टी) मात्र सहभागी हुन पाउने उल्लेख  छ । 

काउण्टरपार्टीले ऋणपत्रको बोलकबोलमा कबोल गर्न चाहेको रकम र ब्याजदर (दशमलवपछिको हकमा चार अंकसम्म) उल्लेख गर्नुपर्ने बताइएको छ ।  

राष्ट्र बैंकले न्यूनतम रु पाँच करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा नि:शेष भाग जाने गरी कूल आह्वान रकमसम्म बोलकबोल गर्न सकिने जनाइएको छ ।

सम्बन्धित खबर