२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

नेप्से परिसूचक २४ दशमलव ५७ अंकले बढ्यो

Nada
२०८३ असार २३ गते १५:५१
Shares
नेप्से परिसूचक २४ दशमलव ५७ अंकले बढ्यो

काठमाडौँ : धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार परिसूचक २४ दशमलव ५७ अंकले उकालो लागेर दुई हजार ६५१ दशमलव ६९ मा पुगेको छ ।

ncell

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक चार दशमलव ३३ अंकले बढेर लागेर ४६० दशमलव ६१ मा पुगेको छ । त्यस्तै फ्लोट सूचक एक दशमलव ७३ अंकले बढेर १८१ दशमलव ९६ मा पुगेको छ ।  यस्तै सेन्सेटिभ फ्लोट सूचक भने एक दशमलव ५७ अंकले बढेर एक सय ५६ पुगेको छ ।  

आज विभिन्न कम्पनीका ९५ लाख १९ हजार ४५२ कित्ता सेयर रु चार अर्ब ४० करोड सात लाख ५२ हजार ५४२ मूल्यमा खरिद बिक्री भएको छ । आज १३ वटै उपसमूहको सेयर बढेको छ । नेप्सेका अनुसार कलंगा हाइड्रो लिमिटेड, आरबिबी फोकस ४० म्युचुअल फण्ड, सानीगढ हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । त्यसैगरी आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्था, सिटिजन बैंकको डिबेञ्चरका लगानीकर्ताले भने गुमाएका छन् ।

सम्बन्धित खबर