२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

विज्ञ टोलीद्वारा श्रम आप्रवासन नीतिको मस्यौदा हस्तान्तरण

ADV
मध्यान्ह
२०८१ साउन २७ गते १८:३७
विज्ञ टोलीद्वारा श्रम आप्रवासन नीतिको मस्यौदा हस्तान्तरण

काठमाडौंः श्रम आप्रवासन नीतिको मस्यौदा तयार गर्न गठित विज्ञ टोलीले तयार पारेको मस्यौदा सरकारलाई हस्तान्तरण गरेको छ । आज मन्त्रालयमा आयोजित मस्यौदा हस्तान्तरण कार्यक्रममा सरकारलाई उक्त मस्यौदा हस्तान्तरण गरिएको हाो । मस्यौदा  विज्ञ टोलीका संयोजक डा. गणेश गुरुङले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरद्सिंह भण्डारीलाई हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले राष्ट्रिय आप्रवासन नीति निर्माणका लागि मस्यौदा प्रभावकारी हुने विश्वास व्यक्त गर्दै समग्र श्रम आप्रवासन क्षेत्रको समस्या र चुनौती पहिचान गर्दै तयार पारिएको मस्यौदालाई सरकारी नीतिका रुपमा कार्यान्वयनमा ल्याउने बताए । उनले यसै नीतिमार्फत स्वदेशमै रोजगा्रीको सिर्जना गर्नुका साथै विदेशमा रहेका श्रमिकलाई पनि स्वदेश फिर्ता ल्याइने भनाइ राखे ।

यस्तै, आप्रवासी नीतिले भइरहेको व्यवस्था र प्रणालीलाई व्यवस्थित एवं मर्यादित बनाउने र विश्व बजारको मागअनुसार श्रम जनशक्ति उत्पादनलाई प्राथमिकता दिने बताउँदै भने, दिनहुँ दुई हजार मान्छे वैदेशिक रोजगारमा गइरहेका छन्, हामीले भाषण गरेर यो रोकिने अवस्था पनि छैन । रोजगारीको विकल्प रोजगारी नै हो ।’

यसैगरी, कार्यक्रममा बोल्दै डा. मस्यौदामा छ वटा नीति, २४ वटा रणनीति र रणनीति सम्बोधनका लागि एक सय १३ वटा कार्यविधि राखिएको जानकारी दिए । ‘अन्तर्राष्ट्रिय श्रम बजारको मागअनुरुप सुसूचीत, सीपयुक्त, प्रतिस्पर्धी र व्यावसायिक श्रमशक्तिका विकासद्वारा श्रम आप्रवासनलाई स्वदेशमै स्वरोजगार बनाइ बाध्यकारी श्रमको अन्त्य गर्नु यसको उदेश्य हो’, डा. गुरुङले भने । सुरक्षित, व्यवस्थित र मर्यादित श्रम आप्रवासन, आन्तरिक रोजगारी र समृद्धिको दूरदुष्टिसहित राष्ट्रिय नीतिको मस्यौदा तयार गरिएको डा. गुरुङको भनाइ छ ।

नौ महिना लगाएर उक्त मस्यौदा तयार गरिएको उक्त मस्यौदामा श्रम आप्रवासन व्यवस्थापन सुशासन कायम गर्ने र श्रम आप्रवासनसम्बन्धित सूचना र सेवामा सबैको पहुँच विस्तार गर्ने नीति छ । साथै आप्रवासी श्रमिकको मानव अधिकारको संरक्षण गर्ने एवं लैङ्गिकताका कारण हुन सक्ने सबै किसिमका जोखिम न्यूनीकरण गर्ने नीति समावेश गरिएको छ ।

मस्यौदामा आन्तरिक रोजगारीलाई प्राथमिकतामा राखी गन्तव्य मुलुकको श्रमबजारको माग र प्रवृत्तिअनुसार श्रमिकको सीप, दक्षताको पहिचान गर्ने उल्लेख छ । यस्तै श्रम आप्रवासनबाट फर्किएका श्रमिकको दिगो र सम्मानजनक पुनःएकीकरण गर्दै सामाजिक सुरक्षा सुनिश्चित गर्नेदेखि राष्ट्रियहित र आवश्यकताअनुरुप देशमा कार्यरत विदेशी श्रमिकको नियमन तथा व्यवस्थापन गर्ने मस्यौदामा समावेश  छ । मन्त्रालयले उक्त समस्यौदामाथि थप सुझावका लागि आफनो वेबसाइटमार्फत सार्वजनिक गर्ने जनाएको छ ।
      

ADVADV

सम्बन्धित खबर

Advertise