२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

मधेशका नवनियुक्त मुख्यमन्त्री सोनलद्वारा शपथ ग्रहण, दुई मन्त्रीले पनि लिए शपथ

shivam cement
२०८२ असोज ३० गते १४:०७
Shares
मधेशका नवनियुक्त मुख्यमन्त्री सोनलद्वारा शपथ ग्रहण, दुई मन्त्रीले पनि लिए शपथ

जनकपुरधाम : मधेश प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनलले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

आज जनकपुरधामस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक समारोहबीच मुख्यमन्त्रीमा नियुक्त भएका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका प्रदेशसभा सदस्य सोनलले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष भोजपुरी भाषामा पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

प्रदेश प्रमुख भण्डारीले उनलाई नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सोनललाई बुधबार साँझ पाँच दलको ५६ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री पदमा नियुक्त गरेकी थिइन् ।

यस्तै मधेश प्रदेश सरकारका नवनियुक्त दुई मन्त्रीले पनि पद तथा गोपनीयताको शपथ लिएका छन् ।

जनमत पार्टीका संसदीय दलका नेता महेशप्रसाद यादव र नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक कनिष पटेलले बिनाविभागीय मन्त्रीका रुपमा पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको नेतृत्वमा गठन भएको नयाँ सरकारमा जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सहभागी रहेको छ ।

सम्बन्धित खबर