पवनजायसवाल/मध्यान्ह
नेपालगन्ज : बाँकेको नेपालगन्जमा रहेका उर्दू साहित्यकारद्वारा मासिक गजल गोष्ठी सम्पन्न गरेको छ । गुल्जार–ए– अदब बाँकेको आयोजनामा नेपालगन्ज उपमहानगरपालिका ८ स्थित महेन्द्र पुस्तकालयको हलमा सम्पन्न मासिक गजल गोष्ठीमा नेपाल र भारत काउर्दू साहित्यकारले गजलवाचन गरेका थिए ।
नेपालगन्ज काउर्दू साहित्यकार तथा इमाम अहमद बिन हम्बल विकास केन्द्रका मौलाना तथा इस्लामधर्म गुरु अन्सर नेपालीद्वारा सञ्चालित मासिक गजल गोष्ठीको अवधी साँस्कृतिक विकास परिष्दका अध्यक्ष सच्चिदानन्नद चौवको अध्यक्षतामा सम्पन्न भएको थियो ।
सो गजल गोष्ठीमा संविधान सभा सदस्य सर्वतआरा खानम, गुल्जारे अदब बाँकेका अध्यक्ष हाजी अब्दुललती फशौक, सचिव मोहम्मद मुस्तफा अहसन कुरैशी, अवधी साँस्कृतिक विकास परिष्दका अध्यक्ष सच्चिदानन्नद चौवे, अन्सर नेपाली, मेराज अहमद (हिमाल), सभासद तथा उर्दू साहित्यकार अव्दुलहमीद सिद्दीकी (भोला), इल्लियास अन्सारी, सर्वर नेपाली, जमील अहमदहा शमी, भारतका अन्जु मनशहकारे उर्दू उत्तर प्रदेशका अध्यक्ष शरिक रब्बानी, नान पाराका निवासी रसीद ह्यात, मोहम्मदयूसुफ आरफी, युवा साहित्यकार समीर अली बेहना लगायतले ‘आस्तीनों में भी साँपपाले गये’मिश्ररामा आ–आफ्ना गजल वाचन गरेको अन्सर नेपालीले बताएका छन् ।
नेपालगन्जका निवासी वरिष्ठ उर्दू शायर तथा संविधान सभा सदस्य सर्वतआरा खानमका पिता स्व.फारुक अहमद आरफीले नेपालगन्जका उर्दू साहित्यकारको जगबसालेका थिए । त्यसैले आजको दिनमा जगलाई बलियो गुल्जारे अदबले बनाई राखेको संविधान सभा सदस्य सर्वतआरा खानमले बताइन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies