२०८२ चैत ३ गते मङ्गलवार / Mar 17 , 2026 , Tuesday
२०८२ चैत ३ गते मङ्गलवार
Ads

पाकिस्तानमा सडक दुर्घटनामा परी १५ जनाको मृत्यु, आठ घाइते

shivam cement
२०८२ असोज ३० गते १५:२६
Shares
पाकिस्तानमा सडक दुर्घटनामा परी १५ जनाको मृत्यु, आठ घाइते

काठमाडौंः पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा भएको सडक दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएको उद्धार अधिकारीहरूले बिहीबार बताएका छन् ।

बुधबार राति मालाकान्द जिल्लामा  मोड पार गर्दा ट्रक पल्टिएपछि दुर्घटना भएको प्रान्तको उद्धारका प्रवक्ता बिलाल फैजीलाइृ उदृत गर्दै सिन्ह्वले जनाएको छ ।  

मृतक तथा घाइतेहरूमा ट्रकमा स्वात जिल्लातिर जाँद गरेकौ घुमन्ते परिवारका पुरुष, महिला र बालबालिका रहेको जनाइएको छ ।  

उद्धार टोलीहरू सुचना प्राप्त गरिसकेपछि तुरुन्तै घटनास्थलमा पुगे र स्थानीय प्रहरी र  अन्य कर्मचारीहरूसँग संयुक्त रूपमा उद्धार कार्य गरेको जनाएका छन् । अधिकारीका अनुसार घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । एजेन्सी 

ताजा खबर

सम्बन्धित खबर