२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

कतारमा तीव्र हावाहुरी र उच्च समुद्री लहरको चेतावनी, तापक्रम ४४ डिग्रीसम्म पुग्ने

Nada
तिलु शर्मा पौडेल
२०८३ असार २५ गते २०:३१
Shares
कतारमा तीव्र हावाहुरी र उच्च समुद्री लहरको चेतावनी, तापक्रम ४४ डिग्रीसम्म पुग्ने

दोहा, कतार : कतार मौसम विज्ञान विभागले सप्ताहान्तमा देशका विभिन्न भागमा तीव्र हावाहुरी चल्ने र समुद्रमा उच्च लहर आउने जानकारी दिएको छ । विभागका अनुसार आगामी शनिवार सम्म कतारको तापक्रम ३४ डिग्री सेल्सियसदेखि ४४ डिग्री सेल्सियसको बिचमा रहनेछ ।

ncell

उत्तर-पश्चिमी वायुका कारण आगामी दिनहरूमा मौसम निकै तातो रहने र तीव्र हावाका कारण धुलो उड्ने विभागले जनाएको छ ।

शुक्रबारका दिन उत्तर-पश्चिमी दिशाबाट १० देखि २० नटको गतिमा हावा चल्ने र दिउँसोको समयमा यसको गति बढेर २८ नटसम्म पुग्न सक्ने पूर्वानुमान गरिएको छ । यसै गरी, समुद्रमा लहरको उचाइ ३ देखि ५ फिट रहने र समय-समयमा ७ फिटसम्म पुग्न सक्नेछ ।

शनिवार दिउँसो उत्तरी तटीय क्षेत्रमा उच्च समुद्री लहर आउने सम्भावना छ । उक्त दिन पश्चिम-उत्तरपश्चिमी दिशाबाट ८ देखि १८ नटको गतिमा हावा चल्ने र दिउँसो २८ नटसम्म पुग्नेछ । समुद्रमा लहरको उचाइ ३ देखि ६ फिट रहने र केही समय ७ फिटसम्म पुग्न सक्ने बताइएको छ ।

यसअघि जारी गरिएको सूचनामा विभागले उत्तर-पश्चिमी हावा निरन्तर चलिरहने भएकाले धुलो उड्ने र समय-समयमा तेर्सो दृश्यतामा कमी आउने उल्लेख गरेको थियो। मौसममा आउने यस्तो परिवर्तनका कारण तटीय तथा समुद्री क्षेत्रमा जानेहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।

सम्बन्धित खबर