२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

आर्थिक वर्षको अन्तिम महिनामै खर्चको उच्च चाप, कुल बजेट कार्यान्वयन ७९.०४ प्रतिशतमा सीमित

Nada
२०८३ असार २६ गते १२:३३
Shares
आर्थिक वर्षको अन्तिम महिनामै खर्चको उच्च चाप, कुल बजेट कार्यान्वयन ७९.०४ प्रतिशतमा सीमित

काठमाडौँ : चालु आर्थिक वर्ष २०८२-८३ को अन्तिम महिना असारमा सरकारी खर्च उल्लेखनीय रूपमा बढेको छ । आर्थिक वर्षको समापनसँगै विकास तथा पुँजीगत कार्यक्रमको भुक्तानी तीव्र बनाउने पुरानै प्रवृत्ति यस वर्ष पनि दोहोरिएको देखिएको छ । असार महिनामा मात्रै कुल बजेटको करिब ११ प्रतिशत खर्च भएको छ भने एकै दिन ३३ अर्ब १६ करोड रुपैयाँ निकासा गरिएको छ ।

ncell

सरकारी तथ्याङ्कअनुसार चालु आर्थिक वर्षका लागि विनियोजन गरिएको कुल १९ खर्ब ६४ अर्ब ४१ करोड रुपैयाँमध्ये हालसम्म १२ खर्ब १२ अर्ब ८ करोड ८७ लाख रुपैयाँ खर्च भएको छ। यो कुल विनियोजित बजेटको ७९.०४ प्रतिशत हो ।

यस आर्थिक वर्षमा बजेट कार्यान्वयनको जिम्मेवारी तीन जना अर्थमन्त्रीले सम्हालेका थिए। तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट प्रस्तुत गरेका थिए भने त्यसपछि अर्थ मन्त्रालयको नेतृत्व पूर्वअर्थ सचिवसमेत रहेका रामेश्वर खनाल र अर्थविद् डा. स्वर्णिम वाग्लेले गरेका थिए । तीन फरक नेतृत्वबाट बजेट कार्यान्वयन भए पनि समग्र खर्च भने कुल विनियोजनको ७९.०४ प्रतिशतमा सीमित रहेको देखिएको छ ।

सम्बन्धित खबर