२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

आइएमई लाइफ इन्स्योरेन्सद्वारा वृक्षारोपण

Nada
२०८१ साउन २७ गते २०:४१
Shares
आइएमई लाइफ इन्स्योरेन्सद्वारा वृक्षारोपण

काठमाडौं : आइएमई लाइफ इन्स्योरेन्सले आफ्नो स्थापनाको सातौँ वार्षिकोत्सव देशैभर विभिन्न कार्यक्रमहरु आयोजना गरी सप्ताहव्यापी रुपमा मनाउने भएको छ । सातौं वार्षिकोत्सवको अवसरमा विभिन्न सात वटा कार्यक्रमहरु आयोजना गर्न लागिएको कम्पनीले जनाएको छ ।

ncell

जसमा आइतबारदेखि आगामी भदौ १ गतेसम्म वृक्षारोपण कार्यक्रम, बीमा साक्षरता कार्यक्रम, निःशुल्क स्वास्थ्य शिविर, रक्तदान कार्यक्रम, प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्रमा सामग्री वितरण कार्यक्रम, विद्यार्थीहरुलाई शैक्षिक सामग्री हस्तान्तरण, सेनिटरी प्याड भेन्डिङ मसिन हस्तान्तरण, प्रभातफेरी कार्यक्रम लगायतका कार्यक्रमहरु सम्पन्न गर्ने जनाएको छ ।

यस्तै आइतबारदेखि कम्पनीले कास्कीको पोखरा महानगरपालिका वडा नं.३० स्थित ग्रीन पार्क, कञ्चनपुरको, शुक्लाफाट नगरपालिका वडा नं. ९ स्थित बृन्दाबन सामुदायिक बन, सल्यानको शारदा नगरपालिका वडा नं.०१ छाँपडाडा तथा बाँकेको कोहलपुर– वडा नं.०८ स्थित सितल छाया सामुदायिक वनमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।

सम्बन्धित खबर