२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

पोल्यान्डमा 'नेपाल महोत्सव' हुँदै

Nada
भरत प्रधान
२०८३ असार २६ गते १६:३८
Shares
पोल्यान्डमा 'नेपाल महोत्सव' हुँदै

लिस्बन : युरोपेली मुलुक पोल्यान्डमा 'नेपाल फेस्टिभल -२०२६' आयोजना हुँदैछ ।

ncell

हामी नेपाली ग्लोबल पोल्यान्ड शाखाको आयोजनामा पोल्यान्डको पोजनान सहरस्थित इम्पेरियल क्यासलमा यही जुलाई ११ तारिखमा पहिलोपटक नेपाल फेस्टिबल हुन लागेको हो । नेपाली कला, संस्कृति र पर्यटनको प्रचारप्रसार एवं प्रवर्धन गर्ने उद्देश्यले पोल्यान्डमा पहिलोपटक नेपाल फेस्टिभलको आयोजना गरिएको शाखाकी अध्यक्ष शान्ति श्रेष्ठले बताए । महोत्सवमार्फत पोलिस नागरिकलाई नेपालको सांस्कृतिक विविधता र मौलिक पहिचानसँग परिचित गराउँदै नेपाल भ्रमणका लागि प्रोत्साहित गर्ने उद्देश्य राखिएको उनले बताए ।

फेस्टिभलमा जर्मनीका लागि कार्यवाहक नेपाली राजदूत तथा पोल्यान्डका लागि गैरआवासीय कार्यवाहक नेपाली राजदूत सागरप्रसाद फुयालको प्रमुख अतिथिका रुपमा सहभागिता रहनेछ । साथै पोल्यान्ड सरकारको कल्चरल डिपार्टमेन्ट, नेपाल चेम्बर अफ कमर्सलगायत विभिन्न संस्थाका प्रतिनिधिलाई कार्यक्रममा आमन्त्रण गरिएको आयोजक संस्थाले जनाएको छ ।

पोजनानस्थित मार्चिन ८०/८२ को सेन्त्रुम कुल्टुरे जामेखमा भेला भई सहभागीहरूले नेपालको झन्डासहित नेपाली मौलिक संस्कृति झल्काउने सांस्कृतिक नृत्य, झाँकी तथा परम्परागत भेषभूषासहित सहरका मुख्य चोकहरूको परिक्रमा गर्ने कार्यक्रम तय भएको छ। भने इम्पेरियल कल्चरल सेन्टरको मुख्य हलमा भव्य कार्यक्रम हुने बताइएको छ ।

कार्यक्रममा नेपाली झन्डासहित सहभागी भई फेस्टिभललाई भव्यताका साथ सफल पार्न पोल्यान्डवासी नेपाली समुदायलाई आयोजक संस्थाले विशेष आग्रहसमेत गरेको छ ।

सम्बन्धित खबर