२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

Nada
२०८३ असार २८ गते ११:३६
Shares
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं : स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु ६०० ले बढेको छ भने चाँदी रु ३५ ले घटेको छ । 

ncell

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ८८ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ४७५ कायम भएको छ ।

गत शुक्रबार छापावाल सुन प्रतितोला रु दुई लाख ८७ हजार ४०० र त्यति नै परिमाणको चाँदीरु चार हजार ५१० मा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १४५ र चाँदी ६० अमेरिकी डलरमा कारोबार भइरहेको छ । 

सम्बन्धित खबर