२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

कतारका पूर्वअमिर शेख हमद बिन खलिफा अल थानीको निधनमा चार दिन राष्ट्रिय शोक घोषणा

Nada
तिलु शर्मा पौडेल
२०८३ असार २८ गते १४:२१
Shares
कतारका पूर्वअमिर शेख हमद बिन खलिफा अल थानीको निधनमा चार दिन राष्ट्रिय शोक घोषणा

दोहा कतार : कतारका पूर्व अमिर शेख हमद बिन खलिफा अल थानीको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै अमिरी दिवानले देशभर चार दिन राष्ट्रिय शोक घोषणा गरेको छ । अमिरी दिवानद्वारा जारी विज्ञप्तिअनुसार राष्ट्रिय शोक आज देखि लागू हुनेछ । शोक अवधिभर देशभरका राष्ट्रिय झन्डा आधा झुकाइने जनाइएको छ ।

ncell

यसै गरी, भोलि सोमबार देखि मन्त्रालय, अन्य सरकारी निकाय, सार्वजनिक निकाय तथा सरकारी संस्थाहरूको कामकाज स्थगित गरिनेछ । ती कार्यालयका कर्मचारीहरूले आगामी आइतबारदेखि नियमित रूपमा काममा फर्किने अमिरी दिवानले जनाएको छ । कतारका पूर्व अमिर शेख हमद बिन खलिफा अल थानीको ७४ वर्षको उमेरमा आइतबार बिहान निधन भएको थियो । सन् १९९५ देखि २०१३ सम्म कतारको नेतृत्व गरेका उनले देशलाई आधुनिक विकास, आर्थिक समृद्धि तथा अन्तर्राष्ट्रिय प्रभाव विस्तारतर्फ अग्रसर गराउन महत्त्वपूर्ण भूमिका खेलेका थिए।

सन् २०१३ मा उनले स्वेच्छाले शासनको जिम्मेवारी आफ्ना पुत्र तथा वर्तमान अमिर शेख तमिम बिन हमद अल थानीलाई हस्तान्तरण गरेका थिए । उनको निधनसँगै कतारभर शोकको वातावरण छाएको छ भने विभिन्न देशका नेताहरूले पनि श्रद्धाञ्जली व्यक्त गर्न थालेका छन् ।

सम्बन्धित खबर