२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

११ महिनामा वाणिज्य बैंकहरूको खुद नाफा १९ प्रतिशतले वृद्धि, ६४ अर्ब नाघ्यो कुल आम्दानी

Nada
२०८३ असार २८ गते १६:२९
Shares
११ महिनामा वाणिज्य बैंकहरूको खुद नाफा १९ प्रतिशतले वृद्धि, ६४ अर्ब नाघ्यो कुल आम्दानी

काठमाडौँ : चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा वाणिज्य बैंकहरूको नाफामा उल्लेखनीय वृद्धि देखिएको छ  सार्वजनिक गरिएको वित्तीय विवरणअनुसार जेठ मसान्तसम्म सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले सामूहिक रूपमा ६४ अर्ब ४७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।

ncell

गत आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूको कुल खुद नाफा ५३ अर्ब ९७ करोड रुपैयाँ रहेको थियो । त्यसको तुलनामा चालु आवको समीक्षा अवधिमा बैंकहरूको नाफा करिब १९ प्रतिशतले बढेको देखिएको हो ।

सार्वजनिक वित्तीय विवरणअनुसार सबैभन्दा धेरै खुद नाफा आर्जन गर्ने बैंकका रूपमा नबिल बैंक रहेको छ । बैंकले जेठ मसान्तसम्म ८ अर्ब ४९ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।

नाफाका आधारमा दोस्रो स्थानमा ग्लोबल आइएमई बैंक रहेको छ । उक्त बैंकले समीक्षा अवधिमा ५ अर्ब ९७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको वित्तीय विवरणमा उल्लेख गरिएको छ ।

यता, नाफा वृद्धिदरका हिसाबले भने कुमारी बैंक अग्रस्थानमा देखिएको छ । बैंकले चालु आर्थिक वर्षको जेठसम्म ४ अर्ब ७० करोड रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको ३७ करोड रुपैयाँको तुलनामा ११६८.४५ प्रतिशतले बढी हो ।

सञ्चालनमा रहेका २० वाणिज्य बैंकले सार्वजनिक गरेका ११ महिनाको वित्तीय विवरणले बैंकिङ क्षेत्रको नाफा वृद्धिमा सुधार आएको संकेत गरेका छन् ।

सम्बन्धित खबर