२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

सिद्धार्थ बैंकले ल्यायो ‘महिला समृद्धि कर्जा’, महिलालाई ५० लाखसम्म ऋण

Nada
२०८३ असार २८ गते २०:४२
Shares
सिद्धार्थ बैंकले ल्यायो ‘महिला समृद्धि कर्जा’, महिलालाई ५० लाखसम्म ऋण

काठमाडौं : महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला उद्यमलाई प्रोत्साहन गर्ने उद्देश्यसहित सिद्धार्थ बैंक लिमिटेडले नयाँ कर्जा योजना ‘सिद्धार्थ महिला समृद्धि कर्जा’ सार्वजनिक गरेको छ । बैंकले महिला उद्यमीहरूको वित्तीय पहुँच विस्तार गर्दै व्यवसाय विस्तारमा सहयोग पुर्‍याउने लक्ष्यसहित यो योजना ल्याएको जनाएको छ ।

ncell

यस कर्जा योजनाअन्तर्गत महिला उद्यमीहरूले व्यवसायको आवश्यकता र धितोको अवस्थाअनुसार विभिन्न सीमासम्म ऋण सुविधा प्राप्त गर्न सक्नेछन् ।  बैंकका अनुसार बिना धितो १५ लाख रुपैयाँसम्म, आंशिक धितोमा २५ लाख रुपैयाँसम्म र पूर्ण धितोमा ५० लाख रुपैयाँसम्म कर्जा प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

कर्जा वितरण प्रक्रियालाई थप प्रभावकारी बनाउन बैंकले अन्तर्राष्ट्रिय वित्त निगमको प्राविधिक सहयोगमा विशेष ‘स्कोरकार्ड’ मूल्यांकन प्रणालीसमेत विकास गरेको जनाएको छ। यो प्रणालीले केवल धितोलाई मात्र आधार नबनाई व्यवसायको अवस्था, सञ्चालन अनुभव, वित्तीय क्षमता, नगद प्रवाह र उद्यमीको व्यवस्थापन क्षमतालाई समेत मूल्यांकन गर्नेछ ।

परम्परागत बैंकिङ प्रणालीमा पर्याप्त धितो नभएका कारण धेरै उद्यमी वित्तीय पहुँचबाट बाहिर रहने गरेका छन् । नयाँ कर्जा योजनाले व्यवसायको सम्भावना र उद्यमीको क्षमतालाई प्राथमिकतामा राखेर यस्तो समस्या घटाउने उद्देश्य राखेको बैंकले जनाएको छ ।

सिद्धार्थ बैंकका अनुसार महिला उद्यमशीलताको विकासले रोजगारी सिर्जना, स्थानीय उत्पादन वृद्धि र आर्थिक गतिविधि विस्तारमा महत्वपूर्ण भूमिका खेल्न सक्छ । ‘सिद्धार्थ महिला समृद्धि कर्जा’ मार्फत सक्षम महिला उद्यमीलाई आवश्यक पुँजी उपलब्ध गराई उनीहरूको व्यवसायिक यात्रामा सहयोग पुर्‍याउने बैंकको लक्ष्य रहेको छ ।

सम्बन्धित खबर