
काठमाडौं : नेपाली घरपरिवारमा रेफ्रिजरेटर केवल खाना चिसो राख्ने उपकरणमा मात्र सीमित नभई परिवारको स्वास्थ्य, समय व्यवस्थापन र घरको समग्र शान्तिसँग जोडिएको महत्वपूर्ण हिस्सा बन्दै गएको छ । यही आवश्यकतालाई मध्यनजर गर्दै गोदरेज एप्लायन्सेसको नेपालका लागि आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्सले गोदरेज रेफ्रिजरेटरमार्फत ‘घरको शान्ति, मनको शान्ति’ सन्देशलाई उपभोक्तामाझ प्रभावकारी रूपमा अघि बढाइरहेको छ ।
आधुनिक प्रविधि र स्मार्ट सुविधाहरू गोदरेजका नवीनतम रेफ्रिजरेटरहरूमा एआई पावर्ड टेक्नोलोजी, नानो सिल्ड टेक्नोलोजी र ३० दिनसम्म ताजापन कायम राख्ने क्षमता जस्ता अत्याधुनिक सुविधाहरू उपलब्ध छन् । यसमा रहेको स्मार्ट डिफ्रस्ट, फुड लोड ट्र्याकिङ र युसेज मोनिटरिङ जस्ता विशेषताले खाद्य सामग्रीको अवस्था र प्रयोगलाई अझ व्यवस्थित बनाउन सहयोग पुर्याउँछन् ।
विशेषगरी व्यस्त जीवनशैली भएका र कामकाजी परिवारका लागि हप्ताभरिको तरकारी र फलफूल एकैपटक खरिद गर्दा त्यसलाई लामो समयसम्म ताजा राख्नु चुनौती हुने गर्दछ । गोदरेजको स्मार्ट प्रविधिले दैनिक बजार जानुपर्ने तनावलाई घटाउँदै खाना खेर जाने सम्भावनालाई पनि कम गरिदिएको छ ।
भण्डारणमा सहजता र विविधता फरक-फरक प्रकारका खाद्य सामग्रीलाई सुरक्षित राख्न यसमा फो इन वान कन्भर्टिबल मोड्स र स्मार्ट कन्भर्टिबल जोनको सुविधा दिइएको छ । बालबालिकाको टिफिनदेखि पाहुनाका लागि तयार पारिने परिकारसम्मलाई आवश्यकता अनुसार सुरक्षित र व्यवस्थित रूपमा राख्न सकिने भएकाले यसले भान्साको तयारीमा आत्मविश्वास बढाउने कम्पनीको भनाइ छ ।
बजार उपलब्धता नेपाली बजारमा गोदरेजका सिंगल डोर, डबल डोर तथा साइड-बाइ-साइड रेफ्रिजरेटरहरू उपलब्ध छन् । उपभोक्ताले आफ्नो परिवारको आकार र आवश्यकता अनुसार देशभर रहेका सीजी इलेक्ट्रोनिक्सका आधिकारिक डिलर नेटवर्क, शोरुम तथा सीजी डिजिटल प्लेटफर्ममार्फत यी उत्पादनहरू खरिद गर्न सक्नेछन् ।
रेफ्रिजरेटरका अतिरिक्त नेपाली बजारमा गोदरेजका वासिङ मेसिन, एयर कन्डिसनर, माइक्रोवेभ ओभन, चेस्ट फ्रिजर र भिसी कुलरहरू पनि लोकप्रिय रहेका छन् । सिजी इलेक्ट्रोनिक्सले आधुनिक र उपभोक्तामैत्री उत्पादनमार्फत नेपाली ग्राहकहरूको आवश्यकता पूरा गर्दै आइरहेको छ ।