
काठमाडौं : नेपालको पहिलो र विश्वसनीय होलिस्टक हेल्थ, एस्थेटिक्स र वेलनेस सोलुसन सेन्टर हेल्दी होमले आफ्नो स्थापनाको २१औं वार्षिकोत्सव सफलतापूर्वक सम्पन्न गरेको छ । वि.स. २०६३ मा मोहन भुसाल र कृष्ण भण्डारीले संयुक्त रूपमा स्थापना गरेको यस संस्थाले दुई दशकको यात्रामा नेपालको वेलनेस उद्योगमा महत्वपूर्ण योगदान पुर्याएको छ ।
हाल काठमाडौं र पोखरामा गरी ४ वटा शाखाहरू मार्फत सेवा प्रदान गर्दै आएको हेल्दी होमले अहिलेसम्म ५० हजारभन्दा बढी ग्राहकहरूलाई सेवा दिइसकेको छ । मुख्यतया वेट म्यानेजमेन्ट, बडी सेपिङ, स्किन र हेयर एनालाइसिसका लागि परिचित यस संस्थाले नेपालमा पहिलोपटक तौल घटाउने आधुनिक प्रविधि भित्र्याएको थियो ।
वार्षिकोत्सवको अवसरमा बोल्दै संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत मोहन भुसालले २१ वर्षको यो उपलब्धिलाई गौरवशाली क्षणको रूपमा व्याख्या गरे । उनले भने, 'हाम्रो उद्देश्य केवल उपचार मात्र नभई स्वस्थ जीवनशैलीप्रतिको सचेत समाज निर्माण गर्नु हो । अब नयाँ पुस्ताको नेतृत्वसँगै हेल्दी होमलाई नयाँ उचाइमा पुर्याउनेमा म पूर्ण विश्वस्त छु ।'

त्यस्तै, हेल्दी होमका नवनियुक्त म्यानेजिङ डाइरेक्टर मिन्दप भुसालले २१ वर्षको यो विरासतलाई अझ अघि बढाउने जिम्मेवारी पाउनु गौरवको कुरा भएको बताए । उनले आगामी दिनमा आधुनिक प्रविधि, नवीन सेवा र उत्कृष्ट ग्राहक अनुभवमार्फत हेल्दी होमलाई थप सशक्त बनाउने र शाखा विस्तार गरी गुणस्तरीय सेवा सबैको पहुँचमा पुर्याउने लक्ष्य रहेको जानकारी दिए ।
२१औं वार्षिकोत्सवलाई विशेष बनाउन हेल्दी होमले विशेष क्याम्पेन सञ्चालन गरेको थियो, जसको विजेताहरू लक्की ड्र मार्फत छनोट गरिएको छ । प्रथम पुरस्कार १ लाख रुपैयाँ नगद, द्वितीय पुरस्कार २ जनालाई वेट लस प्रोग्राम, तृतीय पुरस्कार ३ जनालाई स्किन केयर ह्याम्पर र चौथो पुरस्कार ४ जनालाई गिफ्ट ह्याम्पर प्रदान गरिएको छ ।
आगामी वर्षहरूमा हेल्दी होमले अझ नयाँ प्रविधि र सेवाहरू थप गर्दै वेलनेस तथा एस्थेटिक्स क्षेत्रमा व्यापक प्रभाव सिर्जना गर्ने लक्ष्य राखेको छ ।