२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

'चेरी क्यु' नाइमा मोबिलिटी एक्स्पो २०२६ मा सार्वजनिक हुने

Nada
२०८३ असार ३१ गते १६:२६
Shares
'चेरी क्यु' नाइमा मोबिलिटी एक्स्पो २०२६ मा सार्वजनिक हुने

काठमाडौं : नेपालका लागि चेरी ब्रान्डको आधिकारिक वितरक पायोनियर मोटो कर्पले आफ्नो नयाँ र बहुप्रतिक्षित विद्युतीय सवारी साधन 'चेरी क्यु' लाई नेपाली बजारमा सार्वजनिक गर्ने घोषणा गरेको छ । विश्वप्रसिद्ध डिजाइन अवार्डहरू जित्न सफल यो १०० प्रतिशत विद्युतीय अर्बन क्रसओभर आगामी 'नाइमा मोबिलिटी एक्स्पो २०२६'मार्फत पहिलो पटक नेपालमा प्रदर्शन गरिनेछ ।

ncell

चेरी क्युले उत्कृष्ट उत्पादन डिजाइनका लागि दिइने विश्वकै प्रतिष्ठित '२०२५ रेड डट डिजाइन अवार्ड' प्राप्त गरिसकेको छ । यसका साथै यसले २०२६ को 'आइएफ डिजाइन अवार्ड' समेत जित्न सफल भएको छ । अन्तर्राष्ट्रिय डिजाइन विज्ञहरूको निर्णायक मण्डलद्वारा प्रदान गरिने यी पुरस्कारहरूले यस गाडीको नवीन सोच, गुणस्तर र उत्कृष्ट प्रयोगकर्ता अनुभवलाई विश्वस्तरमा प्रमाणित गरेका छन् ।

यो अर्बन क्रसओभरले आधुनिक शहरी विद्युतीय सवारीको नयाँ परिकल्पना प्रस्तुत गर्दै भविष्यमुखी डिजाइन र स्मार्ट इन्जिनियरिङको उत्कृष्ट संयोजन प्रदान गर्दछ । यसको बाह्य बनावट आकर्षक र सफा हुनुका साथै भित्री भाग (इन्टेरियर) न्यूनतम डिजाइन अवधारणामा आधारित प्रिमियम र फराकिलो रहेको छ । आधुनिक शहरी जीवनशैलीलाई ध्यानमा राखेर यसमा विशेष लाइटिङ सिग्नेचर र फराकिलो क्याबिन निर्माण गरिएको छ ।

दैनिक शहरी यात्रालाई सहज र आरामदायी बनाउने उद्देश्यले निर्माण गरिएको चेरी क्युमा ४१.२ केडब्लुएच क्षमताको ब्याट्री र ९० केडब्लु क्षमताको विद्युतीय मोटर जडान गरिएको छ । कम्पनीका अनुसार यसले एनइडिसी मापदण्ड अनुसार एक पटकको फुल चार्जमा करिब ४०० किलोमिटरसम्मको ड्राइपिङ रेन्ज प्रदान गर्ने अपेक्षा गरिएको छ । रियर-ह्विल ड्राइभ प्लेटफर्ममा आधारित यस क्रसओभरले उत्कृष्ट ड्राइपिङ अनुभवसँगै उच्च ऊर्जा दक्षता पनि सुनिश्चित गर्दछ ।

नेपाली ग्राहकहरूले आगामी ११ देखि १६ अगस्ट २०२६ सम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नाइमा मोबिलिटी एक्स्पोमा यो अन्तर्राष्ट्रिय पुरस्कार विजेता चेरी क्युलाई प्रत्यक्ष रूपमा अवलोकन गर्न सक्नेछन् । आधुनिक प्रविधि, आकर्षक डिजाइन र अन्तर्राष्ट्रिय स्तरको गुणस्तर भएको यो गाडीले नेपालको बढ्दो विद्युतीय सवारी बजारमा नयाँ मापदण्ड स्थापित गर्ने विश्वास गरिएको छ ।

ताजा खबर

सम्बन्धित खबर