२०८३ कार्तिक ६ गते शुक्रवार / Oct 23 , 2026 , Friday
२०८३ कार्तिक ६ गते शुक्रवार

१४ अंकले घट्यो नेप्से परिसूचक

Nada
२०८३ साउन ६ गते १५:४०
Shares
१४ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौँ : लगातार छ कारोबार दिन बढेको नेपालको सेयर बजार बुधबार ओरालो लागेको छ । नेप्से परिसूचक १३.९५ अंकले घटेर २ हजार ७१२ अंकमा सीमित भएको छ ।

ncell

कारोबार अवधिभर बजार दबाबमा देखिएको थियो । दिउँसो १२ बजेर ५४ मिनेटमा नेप्से २ हजार ६९४ अंकसम्म झरेको थियो, जुन बुधबारको न्यूनतम विन्दु रहेको छ ।

गत साताको मंगलबारदेखि मंगलबारसम्म लगातार उकालो लागेको बजारमा बुधबार भने लगानीकर्ताले नाफा सुरक्षित गर्न थालेपछि सामान्य गिरावट आएको हो ।

बुधबार कारोबार भएका कम्पनीमध्ये ७७ वटाको सेयर मूल्य बढेको छ भने १९३ कम्पनीको मूल्य घटेको छ। सात कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन भएन ।

यस दिन कारोबार रकमसमेत अघिल्लो दिनको तुलनामा घटेको छ । मंगलबार ६ अर्ब ६७ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बुधबार ५ अर्ब १८ करोड रुपैयाँमा सीमित भएको छ ।

uae

ताजा खबर

सम्बन्धित खबर