
काठमाडौं : वर्षायामको सुरुवातसँगै लगातारको झरी र घाम नलाग्ने समस्याले गर्दा ओसिलो मौसममा लुगा नसुक्ने, गन्ध आउने र ब्याक्टेरिया फैलिने समस्या हरेक घरका लागि टाउको दुखाइको विषय बन्ने गर्छ । यही समस्यालाई मध्यनजर गर्दै सिजीको प्रिमियम ब्रान्ड सिजी मेरिडियाले अत्याधुनिक प्रविधिसहितको नयाँ 'फ्रन्ट लोड वासर ड्रायर' नेपाली बजारमा सार्वजनिक गरेको छ ।
यस नयाँ मेसिनले लुगा धुने र पूर्ण रूपमा सुकाउने दुवै काम एकैसाथ गर्ने हुँदा मनसुनको समयमा यो उत्कृष्ट समाधान बनेको छ । १० केजी धुने र ७ केजी सुकाउने उच्च क्षमता रहेको यस मेसिनमा अत्याधुनिक 'डाइरेक्ट ड्राइभ' मोटर प्रयोग गरिएको छ। बेल्ट र पुल्लीको प्रयोग नभएको यस मोटरले आवाज र कम्पन निकै कम गर्नुका साथै बिजुलीको समेत बचत गर्छ । कम्पनीले यसको मोटरमा १० वर्षको वारेन्टी प्रदान गरेको छ ।
बाहिर झरी परे पनि यस प्रविधिले लुगालाई मेसिनभित्रै पूर्ण रूपमा सुकाएर सिधै लगाउन वा दराजमा राख्न मिल्ने बनाउँछ । लुगामा ब्याक्टेरिया र ढुसीको गन्ध आउन नदिन यसमा एजी प्लस स्टेरलाइजेसन र युभी लाइट स्टेरलाइजेसन जस्ता प्रविधिहरू समावेश छन् । साथै, एन्टी-ब्याक्टेरिया ग्यास्केटले मेसिनको ढोकामा फंगस लाग्न दिँदैन ।
मेसिनले लुगाको तौल र फोहोरको मात्रा आफैं जाँचेर आवश्यक पर्ने डिटर्जेन्ट आफैं लिने हुँदा हरेक पटक साबुन हालिराख्ने झन्झट हुँदैन ।
यसमा भएको सुपर स्पा र जेट स्प्रेले लुगाको रेसा-रेसामा पुगेर जिद्दी दागहरू हटाउँछ र लुगालाई नयाँ जस्तै चम्किलो राख्छ ।
इन्टेलिजेन्ट वासिङ सिस्टमले लुगाको प्रकारअनुसार पानी र समयको व्यवस्थापन गर्नुका साथै आवश्यकताभन्दा बढी भएको फिँजलाई आफैं हटाउँछ ।
यो वासर ड्रायर आकर्षक डार्क ग्रे रङ र ५२० एमएमको ठूलो ढोकामा उपलब्ध छ । यो नयाँ उत्पादन देशभर रहेका २१ वटा सिजी डिजिटल सोरुमहरू, कम्पनीका आधिकारिक वेबसाइटहरू तथा नेपालका जुनसुकै आधिकारिक बिक्री केन्द्रहरूबाट सहजै खरिद गर्न सकिनेछ ।