२०८३ कार्तिक ६ गते शुक्रवार / Oct 23 , 2026 , Friday
२०८३ कार्तिक ६ गते शुक्रवार

आइक्यानका निर्वाचित अध्यक्ष र उपाध्यक्षको पदभार तथा शपथग्रहण कार्यक्रम सम्पन्न

ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यक : महालेखापरीक्षक राया

Nada
२०८३ साउन ७ गते १३:०९
Shares
आइक्यानका निर्वाचित अध्यक्ष र उपाध्यक्षको पदभार तथा शपथग्रहण कार्यक्रम सम्पन्न

काठमाडौं : नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)को दशौं परिषद्को तेस्रो कार्यकालका लागि निर्वाचित अध्यक्ष र उपाध्यक्षको पदभार तथा शपथग्रहण विशेष कार्यक्रमबीच सम्पन्न भएको छ ।

ncell

राजधानीको ललितपुर ग्वार्कोस्थित होटल रोयल तुलिपमा बुधबार महालेखापरीक्षक तोयम रायाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा पदभार तथा शपथग्रहण सम्पन्न भएको हो ।

सो अवसरमा सम्बोधन गर्दै महालेखापरीक्षक रायाले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे लिस्ट’बाट हटाउन सबै सरोकारवाला निकायले समन्वय गरेर काम गर्नुपर्ने बताए । सम्पत्ति शुद्धीकरण निवारणका लागि वित्तीय कारबाही कार्यदलले नेपाललाई ग्रे लिस्टमा राखेकाले संयुक्त प्रयासबाट मात्रै यसबाट बाहिरिन सकिने उल्लेख गर्दै रायाले चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले पनि इमान्दारीपूर्वक लेखापरीक्षणलगायत काम गरेर नेपाललाई ग्रे लिस्टबाट हटाउन महत्वपूर्ण सहयोग गर्न सक्ने बताए । 

महालेखापरीक्षक रायाले लेखापरीक्षणलगायत गतिविधिमा हुन सक्ने विकृति र विसंगतिलाई इमान्दारीपूर्वक उजागर गर्न पनि आग्रह गरे । उनले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको ऐन समयअनुकूल नभएकाले आवश्यक संशोधन प्रक्रिया अघि बढाइने जानकारी दिए ।

कार्यक्रमका विशेष अतिथि नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टले बैंक तथा वित्तीय संस्था, निजी र सार्वजनिक कम्पनीको लेखापरीक्षण निष्पक्ष र इमान्दारीपूर्वक गर्न संस्थालाई आग्रह गरे ।

निवर्तमान अध्यक्ष सिए नीलबहादुर सारु मगरले आफ्नो कार्यकालमा संस्थाको गरिमा बढाउने प्रयास गरेको बताए । उनले नवनिर्वाचित अध्यक्ष सिए आनन्दराज शर्मा वाग्लेलाई ‘प्रेसिडेन्ट मेडल’ हस्तान्तरण गर्दै पदभार ग्रहण गराए ।

नवनिर्वाचित अध्यक्ष वाग्लेले संस्थाको स्थापनाकालदेखि कायम व्यावसायिकतालाई अझ सुदृढ बनाउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले नवनिर्वाचित उपाध्यक्ष सिए हेमकुमार काफ्लेलाई पनि शपथ गराएका थिए ।

उपाध्यक्ष काफ्लेले लेखापरीक्षणलगायतका गतिविधिलाई अझ विश्वासिलो र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे ।

सो अवसररमा  साफा क्वीज एण्ड पब्लिक स्पिकिंग कन्टेष्टका विजयी विद्यार्थीहरु दिवशलअधिकारी, सम्पन्न सिलवाल, कश्यपराज श्रेष्ठ र रिशन थापालाई संस्थाका तर्फबाट सम्मान गरिएको थियो भने संस्थाको परिमार्जित लोगो सार्वजनिक गरिएको थियो ।

uae

ताजा खबर

सम्बन्धित खबर