२०८३ कार्तिक ७ गते शनिवार / Oct 24 , 2026 , Saturday
२०८३ कार्तिक ७ गते शनिवार

रियलमीले नेपालमा ल्यायो नयाँ स्मार्ट वेयरेबल पोर्टफोलियो, यस्ता छन् विशेषता र मूल्य

Nada
२०८३ साउन ८ गते १४:५०
Shares
रियलमीले नेपालमा ल्यायो नयाँ स्मार्ट वेयरेबल पोर्टफोलियो, यस्ता छन् विशेषता र मूल्य

काठमाडौं : लोकप्रिय प्रविधि ब्राण्ड रियलमीले नेपाली बजारमा आफ्नो एआइओटी इकोसिस्टमलाई थप सुदृढ बनाउँदै स्मार्ट वेयरेबल उत्पादनहरूको नयाँ पोर्टफोलियो सार्वजनिक गरेको छ । कम्पनीले उत्कृष्ट अडियो अनुभव र स्मार्ट कनेक्टिभिटी प्रदान गर्ने लक्ष्यका साथ तीनवटा नयाँ इयरबड्स र एउटा स्मार्टवाच बजारमा ल्याएको हो ।

ncell

रियलमीले नेपाली उपभोक्ताका लागि रियलमी बड्स टि१००, रियलमी बड्स टि२००, रियलमी बड्स टि५०० प्रो र रियलमी वाच डब्लु५ उपलब्ध गराएको छ । यी उत्पादनहरू विभिन्न मूल्य वर्गमा उपलब्ध रहेकाले ग्राहकले आफ्नो आवश्यकता र बजेट अनुसार छनोट गर्न सक्ने कम्पनीले जनाएको छ ।

रियलमी बड्सका विशेषता र मूल्य दैनिक प्रयोगका लागि डिजाइन गरिएको रियलमी बड्स टि१०० मा १० एमएम डायनामिक बास ड्राइभर, ब्लुटुथ ५.३ र एआई नोइज क्यान्सलेसन सुविधा छ । यो इयरबड्स आइपी एक्स५ रेटिङसहित पानी र पसिनाबाट सुरक्षित रहनुका साथै चार्जिङ केससहित कुल २८ घण्टासम्म चल्छ । यसको मूल्य २ हजार ४९९ तोकिएको छ ।

त्यस्तै, उत्कृष्ट अडियो खोज्नेहरूका लागि रियलमी बड्स टि२०० सार्वजनिक गरिएको छ । यसमा १२.४ एमएम डायनामिक बास ड्राइभर, ब्लुटुथ ५.४ र एक्टिभ नोइज क्यान्सलेसन सुविधा रहेको छ । हरियो रङमा उपलब्ध यसको मूल्य ४ हजार ४९९ रहेको छ।

प्रिमियम अनुभवका लागि कम्पनीले रियलमी बड्स टि५०० प्रो ल्याएको छ, जसमा एआई लाइभ ट्रान्सलेटर र एआई फेस-टु-फेस ट्रान्सलेटर जस्ता विशेष सुविधाहरू छन् । यसमा १२.४ एमएम टाइटेनियम प्लेटेड डायनामिक ड्राइभर र ब्लुटुथ ६.१ रहेको छ । यसको मूल्य ७ हजार ४९९ निर्धारण गरिएको छ ।

यो पोर्टफोलियोलाई पूर्णता दिन कम्पनीले रियलमी वाच डब्लु ५ पनि सार्वजनिक गरेको छ । यसमा १.७८ इन्चको एमोलेड टचस्क्रिन डिस्प्ले, स्वास्थ्य अवस्था निगरानी गर्ने सुविधा र सामान्य प्रयोगमा १४ दिनसम्म टिक्ने ब्याट्री क्षमता रहेको छ । यो स्मार्टवाच एन्ड्रोइड र आइओएस दुवैमा चल्नेछ र यसको मूल्य १० हजार ९९९ राखिएको छ ।

आधुनिक प्रविधि, आकर्षक डिजाइन र उत्कृष्ट कार्यसम्पादनमार्फत उपभोक्ताको जीवनशैलीलाई थप स्मार्ट र सहज बनाउन यी उत्पादनहरूले सहयोग गर्ने विश्वास कम्पनीले लिएको छ ।

ताजा खबर

सम्बन्धित खबर