२०८३ कार्तिक ७ गते शनिवार / Oct 24 , 2026 , Saturday
२०८३ कार्तिक ७ गते शनिवार

कविता : लालपुर्जा संस्करण

Nada
सुमिना
२०८३ साउन ९ गते ०६:०५
Shares
कविता : लालपुर्जा संस्करण

एक
आफ्नोजस्तो लाग्ने
एउटा रात कटाउने छाप्रो थियो ।
एकदिन
बन्दुकधारी सत्ताको ‘निगाह’ प¥यो
भत्कायो र बेघर बनायो ।

ncell

दुई
बेघर बनाइएकामाथि
जब फेरि दोस्रोपटक
मालिकको ‘निगाह’ प¥यो
वर्ग व्यवस्थामा मान्छे कहलिन
लालपुर्जा थिएन
पशु फार्मजस्तो 
होल्डिङ सेन्टर पु¥याइयो
प्लास्टिकमा दाना पठाएर
सामूहिक बन्दी गराइयो ।

तीन
तेस्रोपटक पनि रोकिएन ‘निगाह’
बन्दी फुकुवाको फर्मान जारी गरियो
बन्दीगृह छाड्न सरकारी उर्दी गर्दै
अन्न पानी रोकियो
बोकेर हिँड्न थिएन खल्तीमा लालपुर्जा
नागरिकता बोकेर
जहाँ–जहाँ भौंतारिए पनि शरणार्थी जीवन
आफ्नै देशमा भएन
एक थान टाउको ओतिने छत
झरी प¥यो, बाढी आयो, डुबान पस्यो
सोच्दै छु के हुनेछ अब
लालपुर्जाधारी सत्ताको चौथो ‘निगाह’ ।

ताजा खबर

सम्बन्धित खबर