२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

जगदम्बा मोटर्स र पोस्टामले कन्टेन्ट क्रिएटरहरुलाई पुरस्कृत गर्ने

ADV
मध्यान्ह
२०८१ साउन २८ गते २१:३०
जगदम्बा मोटर्स र पोस्टामले कन्टेन्ट क्रिएटरहरुलाई पुरस्कृत गर्ने

काठमाडौं : नेपालका लागि टिभिएस स्कुटर र मोटरसाईकलको आधिकारिक वितरक जगदम्बा मोटर्सले नेपाली सोसल मिडिया एप पोस्टामसँग सहकार्य गर्दै नेपालकै सबैभन्दा ठूलो कन्टेन्ट प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

सो प्रतियोगितामा नेपालभरका कन्टेन्ट क्रिएटरहरुले आफ्नो कला देखाउँदै रोमाञ्चक पुरस्कारहरु जित्न सक्ने भएका हुन् । प्रतियोगिता पोस्टामको प्लेटफर्ममा हुने जनाइएको छ । अन्य सोसल मिडिया प्ल्याटफर्महरु भन्दा भिन्न रहेको पोस्टाममा प्रयोगकर्ताहरुले सूचना आदान–प्रदान गर्न, मानिसहरुसँग कनेक्ट हुनुका साथै आफ्नो कन्टेन्टलाई मनिटाइज गरेर नियमित पोस्टहरुमार्फत् पनि आम्दानी गर्ने अवसरहरु प्राप्त गर्छन् । 

कम्पनीकाअनुसार यो प्रतियोगिता एक ऐतिहासिक र नेपाली कन्टेन्ट क्रिएटरहरुको लागि सबै भन्दा ठूलो पुरस्कार राशी रहेको प्रतियोगिता हो । टिभिएस नेपालकी प्रोडक्ट हेड करुणा पुडासैनीले यस प्रतियोगिताको लागि पोस्टाम एपसँग साझेदारी गर्न पाउँदा निकै उत्साहित रहेको बताइन । साथै यो प्रतियोगिता कन्टेन्ट क्रिएटरलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने उत्कृष्ट अवसर प्रदान गर्ने बताइन् ।

त्यस्तै पोष्टमका प्रमुख कार्यकारी अधिकृत र सह–संस्थापक रोनिश दाहालले यो प्रतियोगिताले कन्टेन्ट क्रिएसनलाई आफ्नो करियरको रुपमा स्थापित गर्न नेपालभरका कन्टेन्ट क्रिएटरहरुलाई मद्दत गर्ने कुरामा विश्वस्त रहेको बताए । कन्टेन्टको क्वालिटी र इङ्गेजमेन्टको आधारमा टप एक सय जना छनोट हुने आयोजकले बताएका छन् । 

पोस्टामले आवश्यक कन्टेन्ट थिमको बारेमा गिग फिचरमार्फत् स्पष्ट निर्देशनहरु प्रदान गर्नेछ । जसले सहभागीहरुलाई सुरुवात गर्न निकै सहज बनाउने छ । पोस्टाम प्रयोगकर्ताहरुले यो बाहेक अन्य थुप्रै अवसरहरुमार्फत् पनि आम्दानी गर्न सकिने सुविधा प्रदान गर्ने आयोजकले जनाएको छ । जगदम्बा मोटर्स र पोस्टामको सहकार्यमा हुन लागेको यस प्रतियोगिताले कन्टेन्ट क्रिएटरको प्रतिभालाई पुरस्कृत गर्ने मात्र नभई नेपाली युवाहरुमा रचनात्मक अभिव्यक्तिको लहर ल्याउन मद्दत पुर्‍याउने आयोजकको विश्वास छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise