२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

स्थानीय तहमा ३४ पद रिक्त, उपनिर्वाचनको तयारीमा आयोग

ADV
भावना पाठक
२०८१ साउन २९ गते ०६:४५
स्थानीय तहमा ३४ पद रिक्त, उपनिर्वाचनको तयारीमा आयोग

काठमाडौं : देशभर स्थानीय तहमा ३४ जनप्रतिनिधिको पद रिक्त रहेको पाइएको छ । निर्वाचन आयोगका अनुसार एक स्थानीय तहका प्रमुखसहित ३४ जनप्रतिनधिको पद रिक्त भएकोे हो । जनप्रतिनधिकै पद रिक्त हुँदा ति स्थानीय तहको सेवा प्रवाह प्रभावित भएको छ ।

रिक्त रहेका पदमा उपनिर्वाचन गर्ने विषयमा निर्वाचन आयोगले पहल लिएको छ । 

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहित आयुक्तहरूले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर रिक्त पदमा आगामी मंसिर तेस्रो साता उपनिर्वाचन गर्नु उपयुक्त हुने सुझाएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा आयोगले कीर्तिपुर नगरपालिकाका प्रमुखसहित ३४ पद रिक्त रहेको जानकारी गराएको हो । 

स्थानीय तह २०७९ पछि आधा कार्यकाल पनि पूरा नहुँदै कतिपय निर्वाचित जनप्रतिनिधिको मृत्यु भएपछि पद रिक्त भएका हुन् । कतिपय विभिन्न मुद्दामा मुछिएर पदमुक्त भएपछि ७ सय ५३ पालिकामध्ये ३४ स्थानीय तहका जनप्रतिनिधिको पद रिक्त हुन पुगेको हो । 

स्थानीय तहका जनप्रतिनिधिहरूको पद नै रिक्त भएपछि विकास निर्माणको भुक्तानी तथा बजेट निकासा लगायतका काममा समस्या उत्पन्न भएका हुन् । 

निर्वाचन आयोगका अनुसार नगरपालिकाका प्रमुख एक जना, उपप्रमुख एक जना, गाउँपालिका अध्यक्ष दुई जना, उपाध्यक्ष दुई जना र वडाध्यक्ष २८ जनाको पद रिक्त छ । 

कुनै पालिकामा प्रमुख र उपप्रमुख दुवै जना पदमुक्त भएका छन् । त्यस्तो स्थानीय सरकारका कामकारबाही अघि बढाउन झन् समस्या भएको छ । प्रमुख र उपप्रमुख दुवै नहुँदा निर्णय लिनमा कानुनी जटिलतासमेत पैदा भएको छ । 

स्थानीय सरकारको कामकारबाही नै प्रभावित भएपछि निर्वाचन आयोगले उपनिर्वाचनको गृहकार्य अघि बढाएको छ । यसका लागि सोमबार प्रधानन्त्री ओलीलाई भेट्न आयोगका पदाधिकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरवार पुगेका हुन् ।

उक्त भेटमा आयोगका अधिकारीहरुले आगामी मंसिर तेस्रो साता उपनिर्वाचन गर्न उपयुुक्त हुने सुझाएका छन् ।

‘हामीले आगामी मंसिर तेस्रो साता उपनिर्वाचन गर्न सकिने हाम्रो प्रस्ताव छ । निर्वाचन आयोगको प्रस्तावमा सरकार सकारात्मक रहेको पाएका छौं’ प्रमुख आयुक्त थपलियाले भने । 

प्रधानमन्त्री ओलीले जाडो समय अगावै हुने गरी निर्वाचनको मिति तय गर्न आग्रह गरेका छन् । निर्वाचनमा मितव्ययीता अपनाउन पनि आयोगलाई प्रधानमन्त्री ओलीको आग्रह छ । मिति घोषणा अघि आयोगले सम्बन्धित तहमा मतदाता नामावली अद्यावधिकका लागि आव्हान गर्नेछ । 

ADVADV

सम्बन्धित खबर

Advertise