२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

भारतमा बन्धक बनाइएका नेपालीको उद्धारमा सरकारको तीव्रता 

ADV
मध्यान्ह
२०८१ साउन ३० गते १३:१९
भारतमा बन्धक बनाइएका नेपालीको उद्धारमा सरकारको तीव्रता 

काठमाडौँ : भारतमा  बन्धक बनाइएका नेपालीको उद्धार, स्वदेश फिर्ता र पारिवारिक पुनर्मिलनलाई सरकारले तीव्रता भएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले खासगरी सडक निर्माणको काममा लगाउने र आकर्षक पारिश्रमिक दिने आश्वासनसहित भारतको कस्मिर पु¥याइएका र बिना ज्याला जोखिमयुक्त तरिकारले द्वन्द्वग्रस्त क्षेत्रमा जबर्जस्ती काममा लगाई बन्धक बनाइएका नेपालीको उद्धारमा तीव्रता दिएको हो । 

पछिल्लो समयमा बन्धक बनाइएका  धनुषा जिल्लाका सात पुरुष र सिरहाका २१ पुरुष (२४ देखि ६० वर्ष उमेरका) का सम्बन्धमा भारतीय गैरसरकारी संस्था ‘किन इन्डिया’मार्फत जानकारी हुन आएको मन्त्रालयका सचिव दिनेश भट्टराईले जानकारी दिए । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको अग्रसरता र नेतृत्वमा एवं भारतस्थित नेपाली राजदूतावाससँगको समन्वय तथा ‘किन इन्डिया’को प्राविधिक सहयोग र सहकार्यमा पीडितको उद्धार गरी जनकपुर ल्याइएको छ । 

मानव बेचबिखनबाट पीडित र प्रभावितको उद्धार गरी  संरक्षण कार्यलाई सदैव उच्च प्राथमिकतामा राखेको मन्त्रालयले जनाएको छ । यो घटनाको संवेदनशीतालाई दृष्टिगत गरी धनुषा ल्याइएका २८ जनालाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडी, मन्त्रालयका सचिव भट्टराई र सहसचिव आभा श्रेष्ठ कर्णको उपस्थितिमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण, जिल्ला समितिमार्फत उनीहरुको परिवारसँग पुनर्मिलन गराइएको छ ।  

ADVADV

सम्बन्धित खबर

Advertise