२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

नदी कटान नियन्त्रण गर्न दैवी प्रकोप उद्धार समितिको आग्रह

ADV
प्रेमचन्द्र झा
२०८१ साउन ३० गते २१:०६
नदी कटान नियन्त्रण गर्न दैवी प्रकोप उद्धार समितिको आग्रह

रौतहट : बागमती र लाल वकैया नदीले रौतहटका विभिन्न स्थानमा गरी रहेको कटान नियन्त्रणको काम तत्काल काम शुरु गर्न सम्बन्धित निकायलाई आग्रह गरिने भएको छ । 

सो दुवै नदीले जिल्लामा कटानबाट बचाउन लाल बकैया बागमती नदी नियन्त्रण कार्यालय परवानीपुर बाराले गरिरहेको काममा स्थानीय तहले सहयोग गर्न जिल्ला दैवी प्रकोप उद्वार समिति गौरको बुधबार बसेको बैठकले आग्रह गरेको हो । 

स्थानीय तहको आग्रहमा नदी कटान नियन्त्रणको कार्य तत्काल आगाडि बढाउने निर्णय गरेको हो ।  केही दिनदेखि लगातार भइरहेको वर्षासँगै दुवै नदीमा आएको बाढीले जिल्लाका विभिन्न स्थानमा कटान भइ रहेका छन् । जिल्लाका माघव नारायण नगरपालिकाको गढो दुर्गा भगवतिको भलोहिया, मौलापुर नगर पालिका वडा नम्बर १ मर्यादपुर गौर नगरपालिका वडा नम्बर ४ टिकुलिया र बौधिमाइ नगरपालिका वडा नम्बर १ बौधामा भइरहेको कटान नियन्त्रण गर्न तत्काल कार्य गर्ने निर्णय भएको इन्जिनियर मनोज पटेलले बताए । 

बैठकमा नेकपा एमाले जिल्ला अध्यक्ष सचितानन्द साहले एकै ठाउँमा बर्सेनी करौडौंको बजेट लापरबाही साथ खर्चिनु परेकोमा गम्भीर ध्याकषर्ण भएको बताएका छन् । 

नेकपा माओवादी केन्द्र अशोक जयसवालले बारम्बार नदी कटानको समस्या स्थायी समाधानका लागि सिँचाइ विभाग अर्थमन्त्रीकोमा गएर आग्रह गर्नुपर्नेमा जोड दिएका थिए । 

सामुहिक प्रयत्नले मात्र नदी नियन्त्रण सम्भव रहेको उनले बताए । दुबै नदी रौतहटका लागि चुनौति र बरदान दुवै भएको उनले बताए  । 

जिल्ला दैवीप्रकोप उद्वार समिति रौतहटका अध्यक्ष प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा भएको  बैठकमा जिल्ला समन्वय समितिका प्रमुख रामअयोध्या राय यादव, गौर नगर प्रमुख शम्भु साह कानु, परोहा नगर प्रमुख शेख वकिल, मौलापुर नगर प्रमुख रिना साह, दुर्गा भगवति गाउँ पालिका अध्यक्ष शम्भु सिंह, प्रहरी उपरीक्षक दिलिप धिमिरे, सशस्त्र प्रहरी उपरीक्षक विक्रम हुमागाई, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक अभिनय कुमार सिंह, नेकपा एमाले केन्द्रीय सदस्य अजय कुमार गुप्ता, नेकपा एसका केन्द्रीय सदस्य रेवन्त झा, लोसपाका केन्द्रीय सदस्य अनिल कुमार सिंहसहित राजनीतिक दलका प्रतिनिधि, विभिन्न कार्यालयका प्रमुख, संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise