
काठमाडौँ : तिब्बतको केरुङ काउन्टीमा बुधबार आएको विनाशकारी बाढी–पहिरोपछि चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) ले उद्धार तथा राहत कार्यलाई तीव्रता दिने निर्णय गरेको छ ।
शुक्रबार राष्ट्रपति सी चिनफिङको अध्यक्षतामा बसेको उच्चस्तरीय बैठकले केरुङमा बेपत्ता चिनियाँ तथा विदेशी नागरिकको खोजी, घाइतेको उपचार र प्रभावितको व्यवस्थापनलाई प्राथमिकता दिन निर्देशन दिएको छ ।
बैठकले नेपालका बाढी तथा पहिरो प्रभावित क्षेत्रमा पनि आपत्कालीन सहायता उपलब्ध गराउने निर्णय गरेको छ । चीनले सीमा क्षेत्रको अवस्थाको निरन्तर मूल्यांकन गर्दै उद्धार, राहत तथा विपद् व्यवस्थापनका लागि आवश्यक सहयोग गर्ने जनाएको छ ।