२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

‘जिल्ला अस्पतालको विकासका लागि निरन्तर प्रयासरत छौं’

ADV
शहबाज खान
२०८१ साउन ३० गते २२:३१
‘जिल्ला अस्पतालको विकासका लागि निरन्तर प्रयासरत छौं’

कपिलवस्तु : कपिलवस्तु जिल्ला अस्पतालमा एक करोड ६ लाख २८ हजार ९९४ रुपैयाँ बराबरको स्वास्थ्य सामग्रीको व्यवस्था भएको छ । जसपाका जिल्ला अध्यक्ष तथा युवानेता इरफान खानको नेतृत्वमा अस्पतालमा यो महत्वपूर्ण स्वास्थ्य सामग्री भित्र्याउन सफल भएका छन् । यस पहलले कपिलवस्तु जिल्ला अस्पतालको सेवामा ठूलो परिवर्तन ल्याउने अपेक्षा गरिएको छ ।

इरफान खानले तत्कालीन स्वास्थ्य मन्त्री प्रदीप यादव र पूर्व मन्त्री मोहम्मद इस्तियाकसँगको विशेष समन्वयमा एक करोड बढीको सिएएमार मेसिन कपिलवस्तु अस्पतालमा ल्याउन सफल भएको जानकारी दिए । यस मेसिनको आगमनले कपिलवस्तुवासीमा हर्ष छाएको छ ।

इरफान खानले भने, ‘कपिलवस्तु जिल्ला अस्पतालको विकासका लागि हामी निरन्तर प्रयासरत छौं । यसलाई आधुनिक र सुसज्जित बनाउन हामीले ठोस कदम चालेका थियौं, र आज हामी सफल भएका छौं ।’

यस मेसिनको आगमनले अस्पतालमा हाड जोर्ने सम्बन्धी विशेष सेवाहरू प्रदान गर्न महत्वपूर्ण सहयोग पुर्‍याउने विश्वास गरिएको छ । आधुनिक यन्त्र उपकरणहरूको व्यवस्था भएपछि जिल्ला अस्पतालले अझ उत्कृष्ट सेवा प्रदान गर्ने अपेक्षा गरिएको छ ।

अस्पतालमा यो उपलब्धि हासिल गर्न सहयोग गर्ने सबै सरोकारवालाहरूलाई इरफान खानले विशेष धन्यवाद ज्ञापन गरेका छन् । 

ADVADV

सम्बन्धित खबर

Advertise