२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

कोशी प्रदेशमा चुनौती बन्दै डेंगु नियन्त्रण

ADV
मध्यान्ह
२०८१ साउन ३१ गते १०:३५
कोशी प्रदेशमा चुनौती बन्दै डेंगु नियन्त्रण

मोरङ : कोशी प्रदेशमा डेंगु नियन्त्रण चुनौतीका रूपमा देखापरेको चिकित्सक तथा स्थानीय निकायका पदाधिकारीहरूले बताएका छन् । बितेका चार महिनामा प्रदेशमा पाँच सय ८२ जना डेंगु सङ्क्रमित भएका छन् ।

प्रदेश स्वास्थ्य मन्त्रालयद्वारा बुधबार साँझ यहाँ आयोजित  मोरङका स्थानीय तहका प्रमुख उपप्रमुख, सरोकारवालालगायतको सहभागितामा भएको डेंगु नियन्त्रणसम्बन्धी  कार्यक्रममा उक्त जानकारी दिइएको हो । डेंगु लागेर एकजनाको मृत्यु भएको छ ।

यो प्रदेशमा साउन १ देखि २९ गते सम्ममा तीन सय ३४ जना सङ्क्रमित थपिएका हुन् । धनकुटास्थित स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतका अनुसार उक्त अवधिमा मोरङमा एक सय ९९, झापामा ३३, धनकुटामा ३२, सङ्खुवासभामा ३०, भोजपुरमा २५, ओखलढुंगामा १०, खोटाङमा तीन र तेह्रथुममा दुईजना सङ्क्रमित भएका छन् ।

मोरङको लेटाङ नगरपालिकामा  सङ्क्रमितको सङ्ख्या तीन सय १० पुगेको उपप्रमुख कृष्णकुमारी निरौलाले बताए । 

ADVADV

सम्बन्धित खबर

Advertise