२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

विद्यार्थीले पाउने ४५ प्रतिशत सहुलियत कार्यान्वयन गर्न माग

ADV
आबिद हुसेन
२०८१ साउन ३२ गते २१:२६
विद्यार्थीले पाउने ४५ प्रतिशत सहुलियत कार्यान्वयन गर्न माग

वीरगञ्ज : सार्वजनिक सवारी साधनमा विद्यार्थीलाई ४५ प्रतिशत छुटको व्यवस्था कार्यान्वयनका लागि पर्साका विद्यार्थी संगठनहरुले ध्यानाकर्षण गराएका छन् । 
पाँच वटा विद्यार्थी संगठनले शुक्रबार पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाललाई ज्ञापन पत्र बुझाउँदै सवारी साधनमा विद्यार्थीले पाउनुपर्ने छुटको व्यवस्था कार्यन्वयन गर्न माग गरिएको छ । 

नेपाल विद्यार्थी संघ (नेविसंघ) पर्साका अध्यक्ष रमेश कुमार यादव, अनेरास्ववियुका अध्यक्ष अजित साह, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य मिरोज अहमद, समाजवादी विद्यार्थी युनियन पर्साका अध्यक्ष हरेन्द्र साह र समाजवादी विद्यार्थी युनियन नेपालका उपाध्यक्ष सागीर अलीले हस्ताक्षर गर्दै ज्ञापन पत्र बुझाएका हुन् ।

सार्वजनिक सवारीमा विद्यार्थीले पाउनुपर्ने ४५ प्रतिशत सहुलियत कागजमै सिमित भएको भन्दै ज्ञापन पत्रमार्फत संयुक्त विद्यार्थी संगठन पर्साले आपत्ती जनाएको छ । विद्यार्थीहरुले दिनहुँ कलेज आउँदा जाँदा सार्वजनिक सवारी साधन प्रयोग गर्ने भएपनि वीरगञ्जसहित मधेश प्रदेश भरीमै कार्यन्वयन नभएको भन्दै संगठनले दबाब दिएका छन् । 

काठमाडौं उपत्यकामा मात्रै सहमतिअनुसार विद्यार्थीले सहुलियत पाएपनि तराई भेगमा पूर्ण रुपमा बस व्यवसायीले मनोमानी रुपमा भाडा लिने गरेको ज्ञापन पत्रमा उल्लेख छ । 

बस व्यवसायीले मनोमानी भाडा असुल्दा पनि सरोकारवाला निकायले कुनै पहल नगरेको हुँदा सहुलियत दर कार्यन्वयनका लागि माग गरिएको नेपाल विद्यार्थी संघका पर्सा सभापति ई.रमेश यादवले बताए ।

ADVADV

सम्बन्धित खबर

Advertise