२०८२ असार २३ गते सोमवार / Jul 07 , 2025 , Monday
२०८२ असार २३ गते सोमवार
Ads

अर्घाखाँचीका ६५ हजार जग्गाधनीले पाए लालपुर्जा

shivam cement
सुर्य प्रसाद भुसाल
२०८१ भदौ १ गते २०:२७
अर्घाखाँचीका ६५ हजार जग्गाधनीले पाए लालपुर्जा

अर्घाखाँची : अर्घाखाँचीका ६१ वटै वडाहरुको सम्पूर्ण नापनक्सा तथा जग्गा दर्ता सम्पन्न भएको छ । अर्घाखाँचीमा तीन नगरपालिका र तीन गाउँपालिका गरी ६ वटा पालिका रहेका छन् । सोही अनुसार लालपुर्जा वितरण गरिएको विशेष नापी कार्यालय अर्घाखाँचीले बताएको छ ।

२०६१ साल फागुन २० गते तत्कालीन नेकपा माओवादीले जिल्लाको सदरमुकाम सन्धिखर्कमा आक्रमण गर्दा नापी कार्यालय तथा मालपोत कार्यालयमा रहेका सम्पूर्ण भूमी लगतहरु लालपुर्जा नक्सा जली नष्ट भएका थिए । २०६८ सालमा विशेष नापी कार्यालय अर्घाखाँचीमा स्थापना गरी जिल्ला भरको जग्गाको नाप जाँच शुरु गरिएकोमा जिल्ला भर  ६५ हजार थान जग्गाधनी लालपुर्जा  नापजाँच गरी वितरण गरिएको विशेष नापी कार्यालय अर्घाखाँचीका प्रमुख डिल्लीराज भण्डारीले मध्यान्हलाई जानकारी दिए । 

यस्तै हालसम्म ४७ वटा वडाहरुको नक्सा र फिल्डबुक नापी कार्यालयमा र श्रेस्ता लगायतका अन्य कागजातहरु मालपोत कार्यालयमा हस्तान्तरण गरिएको छ । १४ वटा वडामा पुर्जा वितरण भएको र श्रेस्ता हस्तान्तरण गर्न बाँकी रहेको छ ।

जसमध्ये शितगंगा नगरपालिकामा १,२,३ र १२ भूमिकास्थान नगरपालिकामा १,२ र ३ नम्बर वडा,मालारानी गाउँपालिका वडा नम्बर ५,८ र ९ वडा सन्धिखर्क नगरपालिकामा ७ र ८ वडा र छत्रदेव गाउँपालिकामा वडा नम्बर ७ र पाणिनी गाउँपालिकामा वडा नम्बर १ मा श्रेस्ता हस्तान्तणका कार्यहरु सुचारु रहेका छन् । कतिपय स्थानका साविक नक्सा प्राप्त हुन नसकेको तथा व्यक्तिहरुका घरमा समेत आगलागी भएका हुँदा सम्पूर्ण प्रमाणहरु नष्ट हुन गएकोले जग्गा दर्ता कार्यमा अवरोध हुन आएको भण्डारीको भनाइ छ ।

लालपुर्जा प्रदान गरेपनि स्रेस्ता मालपोत र नापी जानका लागि १२० दिन कुर्नुपर्ने व्यवस्था छ । किनकि त्यो बीचमा ६० दिनभित्र कसैको उजुरी आएमा त्यो उजुरी सुनेर कार्यालयले बाँकी ६० दिनभित्र निर्णय दिनुपर्ने व्यवस्था छ ।

लालपुर्जा नहुँदा जग्गा बिक्री तथा अंशबन्डामा समेत समस्या भएकोमा अहिले लाल पुर्जा प्राप्त गर्दा सहज भएको सन्धिखर्क नगरपालिका वडा नम्बर ११ का कुलबहादुर कुँवरले बताए ।

शितगंगा नगरपालिका वडा नम्बर १२मा मुख्य समस्या छ । त्यहाँ लाल पुर्जा वितरण भएपनि स्रेस्ता वितरण वडाका अधिकांश नागरिकले प्राप्त गर्न नसकेको वडा अध्यक्ष चोपबहादुर घर्तीमगरले बताए । पटक–पटक स्थानीयले यो माग तुरुन्त सम्बोधन गर्न माग गरेपनि सम्बोधन भएको छैन् । वडा अध्यक्ष घर्तीमगरले यो समस्याको लागि विशेष नापी कार्यालय, नापी कार्यालय, प्रशासन कार्यालयमा यसको समाधानको लागि गएपनि त्यसको सम्बोधन नभएको बताए ।

यता विशेष नापी कार्यालय अर्घाखाँचीका प्रमुख डिल्लीराज भण्डारीले त्यहाँको समस्या नक्सा नभेटिँदा समस्या समाधान गर्न नसकेको बताए । जग्गाधनीहरुसँग जग्गाधनी प्रमाण पुर्जा रहेको, तिरो चलेको, भोग चलन रहेको जग्गाको कारोबार मालपोत कार्यालयबाट भइरहेको तर साविक नक्सा कुनै निकाय वा व्यक्तिबाट प्राप्त हुन नसकेकोले र मौजुदा ऐन, नियम, निर्देशिका बमोेजिम साबिक नक्सा भिडाइ दर्ता गर्नुपर्ने भएकोले जिल्लाका अन्य केही ठाउँमा पनि दर्ता हुन नसकेको कार्यालय प्रमुख भण्डारीको भनाइ छ ।

ADV

सम्बन्धित खबर

Advertise