
काठमाडौं : नेपालमा विगत १८ वर्षदेखि स्पिरिट्स उत्पादन गर्दै आएको माउन्ट एभरेस्ट डिस्टिलरी लिमिटेडले आफ्नो उत्पादन पोर्टफोलियो विस्तार गर्दै प्रिमियम सेगमेन्ट अन्तर्गत 'माउन्ट गोल्ड' २५ युपी प्रिमियम ह्विस्की र 'ब्ल्याक पर्ल' ३० युपी प्रिमियम भोड्का बजारमा ल्याएको छ ।
माउन्ट गोल्ड २५ युपी प्रिमियम ह्विस्कीले 'गोल्डेल लाइट, इन्डलेस नेपाल'को अवधारणामार्फत नेपाली पहिचान र प्रिमियम लाइफस्टाइललाई प्रस्तुत गरेको कम्पनीले जनाएको छ । माउन्ट गोल्ड ७५० एमएल, ३७५ एमएल र १८० एमएल प्याकमा क्रमशः ३ हजार, १५ सय र ७५० रुपैयाँमा उपलब्ध हुनेछ ।
त्यस्तै, ब्ल्याक पर्ल ३० युपी प्रिमियम भोड्कालाई आधुनिक प्रिमियम भोड्का सेगमेन्टलाई लक्षित गरी सार्वजनिक गरिएको हो । यसको ब्रान्ड फिलोसोफी 'द पिक अफ प्युरिटी' रहेको छ । ब्ल्याक पर्ल पनि ७५० एमएल, ३७५ एमएल र १८० एमएल प्याकमा क्रमशः २४ सय, १२ सय र ६ सय रुपैयाँमा उपलब्ध हुनेछ ।
कम्पनीका अनुसार दसैंलाई लक्षित गर्दै देशका प्रमुख शहरहरूमा यी दुवै नयाँ ब्राण्ड उपभोक्ताले प्राप्त गर्न सक्ने गरी बजारमा उपलब्ध गराइनेछ । प्रारम्भिक चरणमा काठमाडौं र पोखरालगायतका प्रमुख बजार तथा सेलेक्टेड प्रिमियम आउटलेट्समा यसको प्लेसमेन्ट गरिने कम्पनीले जनाएको छ ।
माउन्ट एभरेस्ट डिस्टिलरीका अनुसार यी दुई नयाँ ब्राण्डको लन्च कम्पनीको प्रिमियम पोर्टफोलियो एक्स्पान्सन तथा नेपाली स्पिरिट्स बजारमा विभिन्न क्याटेगोरीका गुणस्तरीय उत्पादन उपलब्ध गराउने निरन्तर यात्राको महत्वपूर्ण हिस्सा हो ।
कम्पनीले आगामी दिनमा पनि उपभोक्ताको बदलिँदो रुचि र बजारको आवश्यकतालाई ध्यानमा राख्दै नयाँ तथा इनोभेटिभ प्रोडक्ट्स बजारमा ल्याउँदै जाने जनाएको छ ।