२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

पाेर्चुगल बस्ने नेपाली युवाहरूले शुरु गरे नयाँ अनलाइन सपिङ, के भन्छन् उनीहरु ?

ADV
मध्यान्ह
२०८१ साउन ११ गते १८:०६
पाेर्चुगल बस्ने नेपाली युवाहरूले शुरु गरे नयाँ अनलाइन सपिङ, के भन्छन् उनीहरु ?

पाेर्चुगल : यदि तपाईं अनलाइनमार्फत सामानहरू किन्न चाहनुहुन्छ ? यदि त्यस्ताे हाे भने नेपाली दाजुभाइले नै सञ्चालन गर्न लागेकाे अनलाइनबाट सामानहरू खरिद गर्नुहाेला है । याे सेवा विश्वभर नै उपलब्ध हुनेछ ।

नेपालबाट पाेर्चुगल आएर विभिन्न कामहरू गर्दै आइरहेका तीन नेपाली युवाले अहिले क्रसखुकुरी डट शप (crosskhukuri.shop) नामकाे अनलाइन सपिङ साइट सञ्चालन गर्न लागेका हुन् । आउँदाे अगस्ट ७ तारिकबाट अनलाइन पूर्णरूपमा सञ्चालनमा आउनेछ ।

माेरङका लिलाराज खतिवडा, गाेरखाका तेज भट्ट र कन्चनपुरका सम्राट ढकालले अहिले याे अनलाइन सञ्चालनमा ल्याउन लागेका हुन् । अरूकाे काम गर्नुभन्दा आफ्नै कुनै व्यवसाय सञ्चालन गर्ने साेचका साथ उनीहरू याे काममा लागेकाे बताउछन् । उनीहरूसँग गरिएकाे छाेटाे कुराकानी :

तपाईंहरूले अनलाइन सपिङ्ग सञ्चालन गर्न लाग्नुभएकाे रहेछ, याे साेच कसरी आयाे ?

हामीहरू सबै जना केही न केही गराै भन्ने साेचका साथ विदेश आएका थियाै । यहाँ आएपछि अरूकाे काम गर्नुभन्दा आफ्नै केही गर्नुपर्ने रहेछ भन्ने साेच आयाे । अनि पछिल्लाे समय सुचना र प्रविधिकाे क्षेत्रकाे विकाससँगै शुरू भएकाे अनलाइन सपिङ नै किन नगर्ने त भनेपछि, यसबारे हामीले धेरै नै अध्ययन गर्याै, अनि शुरू गर्न लागेका हाै ।

तपाईंहरूकाे अनलाइनमार्फत नै किन सामान खरिद गर्ने त ?

याे हामीले कुनै देश विशेषलाई लक्षित गरेर खाेलेकाे भन्दा पनि विश्वभर रहेका व्यक्तिहरूले सेवा लिन सकुन भन्ने हेतुले शुरू गरेका हाै । त्यसैले विश्वभरका मानिसले यसकाे सेवा लिन सक्छन् । अर्काे कुरा हामिले हाम्राे सेवालाई चुस्त दुरूस्त राख्नका लागि पछिल्लाे समय विकास भएका प्रविधि प्रयाेग गरेका छाै । त्यसैले सेवा प्रवाह राम्राे भएकै कारण हामी हाम्राे अनलाइनमार्फत सेवा लिनका लागि आग्रह गर्दछाैं ।

ADVADV

सम्बन्धित खबर

Advertise