२०८३ कार्तिक २८ गते शनिवार / Nov 14 , 2026 , Saturday
२०८३ कार्तिक २८ गते शनिवार

वर्मिङ हार्ट्स नेपालद्वारा अजिङ्गरे माध्यमिक विद्यालयका १५० विद्यार्थीलाई न्यानो ज्याकेट र शैक्षिक सामग्री वितरण

Nada
अन्जान गुभाजु
२०८३ कार्तिक २८ गते १६:०२
Shares
वर्मिङ हार्ट्स नेपालद्वारा अजिङ्गरे माध्यमिक विद्यालयका १५० विद्यार्थीलाई न्यानो ज्याकेट र शैक्षिक सामग्री वितरण

नुवाकोट : वर्मिङ हार्ट्स नेपालले नुवाकोटको विदुर नगरपालिका–१३ स्थित श्री अजिङ्गरे माध्यमिक विद्यालयमा अध्ययनरत १५० जना विद्यार्थीलाई न्यानो ज्याकेट तथा शैक्षिक सामग्री वितरण गरेको छ ।

बालकक्षादेखि कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीलाई लक्षित गरी चिसो मौसमबाट जोगाउन न्यानो ज्याकेट र पठनपाठनमा सहयोग पुर्‍याउने उद्देश्यले आवश्यक लेखन तथा शैक्षिक सामग्री उपलब्ध गराइएको हो ।

विद्यालयका प्रधानाध्यापक सुदर्शन रिमालका अनुसार यस सहयोगले विद्यार्थीहरूको अध्ययनमा सहजता ल्याउनुका साथै उनीहरूमा सिकाइप्रति थप उत्साह जगाउने विश्वास गरिएको छ । विद्यालयको शैक्षिक तथा विद्यार्थीमैत्री वातावरण निर्माणमा यस्ता सहयोगले महत्त्वपूर्ण योगदान पुर्‍याउने उनले बताए ।

कार्यक्रममा अनामिका अर्याल, सरोज भण्डारी, रीना गौचन, छेवाङ शेर्पा र पेमा तुलाधरको उपस्थिति रहेको थियो ।

प्रधानाध्यापक रिमालले सहयोगी संस्था वर्मिङ हार्ट्स नेपाल परिवार तथा कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिहरूप्रति विद्यालयको तर्फबाट हार्दिक आभार व्यक्त गरे ।  

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर