
काठमाडौँ : मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको राजीनामा प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले स्वीकृत गरेका छन् । नयाँ मन्त्रिपरिषद् गठन नभएसम्म प्रदेश सरकारको कार्यभार अहिलेकै मन्त्रिपरिषद्ले सम्हाल्नेछ ।
प्रदेश प्रमुखको कार्यालयका अनुसार यादवले पेस गरेको राजीनामा नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम स्वीकृत गरिएको हो ।
सोही धाराको उपधारा (३) बमोजिम अर्को मन्त्रिपरिषद् गठन नभएसम्म हालकै मन्त्रिपरिषद्लाई कार्यभार सञ्चालन गर्न तोकिएको कार्यालयका शाखा अधिकृत कृष्ण ठाकुरद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।