२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

नेकपा एमाले अर्घाखाँचीको अध्यक्षमा पुनः भुसाल निर्वाचित

ADV
सुर्य प्रसाद भुसाल
२०८१ जेठ २८ गते १४:३५
नेकपा एमाले अर्घाखाँचीको अध्यक्षमा पुनः भुसाल निर्वाचित

अर्घाखाँची : नेकपा एमाले अर्घाखाँचीको अध्यक्षमा पुनः पिताम्बर भुसाल निर्विरोध निर्वाचित भएका छन् । एमालेको नवौं जिल्ला अधिवेशनबाट भुसाल पुनः अध्यक्षमा निर्वाचित भएका हुन् । यस्तै अधिवेशनबाट उपाध्यक्ष मा शम्भुप्रसाद पोख्रेल र सचिवमा तोज बहादुर रायमाझी निर्वाचित भएको नेकपा एमाले अर्घाखाँचीले जनाएको छ । 

अधिवेशनमा प्रतिनिधि, आयोजक गरी ५ सय ६२ जना प्रतिनिधिमध्ये ५३२ प्रतिनिधि मतदानमा सहभागी भएको  निर्वाचन समितिका अध्यक्ष केवी भुसालले जानकारी दिए । उपाध्यक्षमा निवर्तमान उपसचिव पोख्रेल र पूर्वप्रदेश कमिटी सदस्य प्रेमनारायण गैरेको उम्मेदारी परेको थियो । उपाध्यक्षमा निर्वाचित पोख्रेलले ३ सय २४ मत पाउँदा नेता गैरेले १ सय ९९ मत प्राप्त गरे ।

उपसचिव खुला पदमा भूमिकास्थान-१० का खगेश्वर पन्थी र सन्धिखर्क-१ का श्रीकृष्ण भुसालको उम्मेदवारी परेको थियो । जसमा पन्थी ३ सय १४ मत ल्याएर निर्वाचित भए । पराजित भुसालले १ सय ८९ मत प्राप्त गरे । महिला उपसचिवमा शिवकला बिक र शितगंगा नगरपालिकाकी उपप्रमुख गीता भाट क्षेत्रीको उम्मेदवारी परेको थियो । जसमा विक ३ सय ४८ मत ल्याएर विजयी हुँदा भाटले १ सय ४९ मत प्राप्त गरिन् ।

सन्धिखर्क महिला सदस्य पदमा कमला खनाल भण्डारीले सबैभन्दा बढी मत प्राप्त गरिन् । यस्तै महिला सदस्यमा दीपा आचार्य, देवी थापा भुसाल, मिश्रा आचार्य पनि निर्वाचित भए । यस्तै खुला सदस्यतर्फ रामबहादुर रायमाझी, मोतीजंग रायमाझी, लक्ष्मण पराजुली, लक्ष्मी नारायण चुदाली, नारायण बहादुर बस्याल, श्रीधर महत्रा क्षत्री, हिमबहादुर जिसी लेकाली र भारत न्यौपाने निर्वाचित भएका छन् । सन्धिखर्क नगरपालिकाबाट ८ जना सदस्य खुला पदका लागि २३ जनाको उम्मदवारी परेको थियो ।

यस्तै सन्धिखर्कको युवा महिलामा सिर्जना आचार्य निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । अर्घाखाँची जिल्लाका पाणिनी, भूमिकास्थान, शितगंगा, छत्रदेव र मालारानीमा भने सदस्यहरु सर्वसम्मतरुपमा चयन भएका छन् । सर्वसम्मत हुने सदस्यहरुमा कृष्णप्रसाद श्रेष्ठ, युवराज श्रेष्ठ, कृष्ण बहादुर भुसाल, सुष्मा श्रेष्ठ, कमल भट्टराई, सुनिता भट्टराई, लक्ष्मी गौतम, सूर्यबहादुर केसी, कमल घिमिरे, गोविन्दबहादुर क्षेत्री, लक्ष्मण नेपाली, पार्वता बिक, राधिका गैरे, रेशम थापा, जगत खड्का, राजकुमार श्रेष्ठ, मणि पौडेल, ऋषि खनाल, रुद्रवीर थापा, रामचन्द्र ढुंगाना, रुद्रबहादुर बिक, रुपा पाण्डे खनाल, सुमित्रा भुसाल, रामहरि खनाल, राज कुमार श्रेष्ठ, राम मणि खनाल, पवित्रा कुमारी श्रेष्ठ, वासुदेव पाण्डे, दिल बहादुर बिक, मिना परियार, दुर्पता न्यौपाने, चुमा गाहा, दुर्गा बहादुर बिसी, ऋषिराम घिमिरे, गोपल बिष्ट, धन बहादुर राना, बलिभद्र पाण्डे, राधा क्षेत्री र गोपाल बिष्ट निर्वाचित भएका छन् । त्यसैगरी कमल बेल्वासे, ऋषि बहादुर रेश्मी, चुरा बहादुर बिश्वकर्मा, हेमकला बिक, खुवीराम आचर्य, महमद मिया, फिरोज खान, सपिना निसालगाएतका नेताहरु निर्विरोध निर्वाचित भएको र उनीहरुलाई सोमबार पद तथा गोपनीयताको शपथ गराइएको छ । 

नेकपा एमाले अर्घाखाँचीमा अध्यक्ष र सचिव निर्विरोध निर्वाचित हुँदा अन्य सबै पदाधिकारीमा चुनावी प्रतिस्पर्धा भएको थियो । अर्घाखाँचीमा एमाले महासचिव शंकर पोखरेल निकटका नेताहरुले उपाध्यक्ष विष्णु पौडेल पक्षका नेताहरुलाई क्लिनस्विप पारेको एमाले वृत्तमा चर्चा छ । एमाले केन्द्रीय सदस्य चेतनारायण आचर्य को पकड रहेको अर्घाखाँचीमा सबै उम्मेदवारहरु आचर्य पक्षका विजयी भएका छन् । नेता रामजी प्रसाद घिमिरेले उपाध्यक्षमा प्रेमनारायण गैरे, उपसचिवमा श्रीकृष्ण भुसाल, गिता भाटलाई उम्मेदवार बनाएको, तर खुलेर मत माग्न नसकेको जिल्ला तहका नेताहरुले आरोप लगाएका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise