२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण

ADV
इसत्याक अहमद
२०८१ भदौ ९ गते २३:०९
विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण

रौतहट : रौतहट राजपुर नगरपालिकाका दुई विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।

वडा नं. ३ मा सञ्चालित श्री शेख ईद्रिस प्रा.वि.का ९ सय ५५ बालबालिका र वडा नं.६ मा सञ्चालित श्री आधारभूत विद्यालय कुडियाका १ हजार ११ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो । 

प्रमुख प्रशासकीय अधिकृत खुर्शैद आलम र ईद्रिस प्रा .वि का प्राधानाध्यापक मो.एकलाखले युएनडिपीको  सहयोगमा प्राप्त उक्त शैक्षिक सामग्री एक समारोहकाबीच हस्तान्तरण गरेका हुन् । 

गाउँ–गाउँका बालबालिकाहरुको मनोवल बढाउँदै शिक्षा क्षेत्रमा सहयोग पुग्ने र सानो बच्चाहरुको उच्च शिक्षातर्फ पूर्ण ध्यान जाओस् भन्ने उद्देश्यले शैक्षिक सामग्री वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत आलमले बताए । 

ADVADV

सम्बन्धित खबर

Advertise