२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

पर्साकाे डिप्रोस लघुवित्तको कार्यालयमा महिलाहरुले गरे तोडफोड, दुई जना पक्राउ

ADV
आबिद हुसेन
२०८१ भदौ १२ गते १७:२४
पर्साकाे डिप्रोस लघुवित्तको कार्यालयमा महिलाहरुले गरे तोडफोड, दुई जना पक्राउ

वीरगन्ज : पर्साको जीराभवानी गाउँपालिका वडा नम्बर २ सेढवामा रहेको डिप्रोस लघुवित्त वित्तीय संस्थाको कार्यालयमा तोडफोड गरिएको छ ।

मंगलबार दिउँसो महिलाहरूले संस्थाको कार्यालयमा पसेर उपकरण र फर्निचर तोडफोड गर्नुका साथै कागजपत्रहरू कार्यालय बाहिर निकालेर फ्याँकिदिएका हुन् । लघुवित्त संघर्ष समिति पर्साका अध्यक्ष शिवजी साहको नेतृत्वमा गएका महिलाहरुले कार्यालयमा तोडफोड गरेका थिए । उक्त लघुवित्त वित्तीय संस्थाले बचतकर्ताहरुको रकम फिर्ता नगरेको आक्रोशमा संस्थाको कार्यालयमा महिलाहरुले तोडफोड गरेको बताइएको छ ।

महिलाहरुले कार्यालयमा रहेका ऋणसम्बन्धी कागजात, तमसुक, भरपाइजस्ता महत्वपूर्ण कागजातहरू कार्यालय कक्षबाट बाहिर फ्याँकेको र आर्थिक शाखाका उपकरणहरूमा पनि तोडफोड गरेको डिप्रोस लघुवित्तका शाखा प्रमुख प्रदीप चौधरीले बताए ।

तोडफोडमा संलग्न दुई जना महिलाहरुलाई नियन्त्रणमा लिएर राखिएको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक मोहनजंग बुढाथापाले जानकारी दिए । घटनाका बारेमा अनुसन्धान भइरहेको पनि उनले बताए ।

ADVADV

सम्बन्धित खबर

Advertise