२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

पानी शुद्धीकरण मेसिन जडान

ADV
प्रेमराज कार्की
२०८१ भदौ १२ गते २१:३४
पानी शुद्धीकरण मेसिन जडान

मुगु : मुगु सदरमुकाम गमगढी बजारका खानेपानी धारामा पानी शुद्धीकरण मेसिन जडान गरिएको छ । पानीजन्य रोग न्यूनीकरणका लागि खानेपानी ट्याङ्कीमा पानी शुद्धीकरण गर्ने क्लोरिननेशन सिस्टम मेसिन जडान गरिएको हो ।

युनिसेफ नेपालको आर्थिक सहयोगमा छायाँनाथ रारा नगरपालिकाको लागत साझेदारीमा सदरमुकाम गमगढी बजार र छायाँनाथ रारा नगरपालिका–४ भामवाडा गाउँको खानेपानी ट्याङ्कीमा पानी शुद्धीकरण गर्ने क्लोरिननेशन सिस्टम मेसिन जडान गरिएको छ ।

बर्खा सिजनमा पानी फोहोर हुन सक्ने र पानीजन्य रोगबाट बच्न पहिलो चरणमा तीन वटा ट्याङ्कीमा पानी शुद्धीकरण गर्ने क्लोरिननेशन सिस्टम मेसिन जडान गरिएको छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख बिष्णु कुमार भामले बताए । 

उनका अनुसार यसपछि पनि युनिसेफ नेपालको आर्थिक सहयोगमा छायाँनाथ रारा नगरपालिकाको लागत साझेदारीमा अन्य गाउँमा निमार्णधिन खानेपानी धारामा पानी शुद्धीकरण गर्ने क्लोरिननेशन सिस्टम मेसिन जडान गरिने नगर प्रमुख भामले बताए ।

गमगढी खानेपानी र भामवाडा खानेपानीको लागि तीन वटा पानी शुद्धीकरण गर्ने क्लोरिननेशन सिस्टम मेसिन ७ लाख ८५ हजारमा खरिद गरी दश प्रकारका पानी शुद्धीकरण गर्ने सामग्रीका साथ खानेपानीका ट्याङ्कीमा पानी शुद्धीकरण गर्ने क्लोरिननेशन सिस्टम मेसिन जडान गरिएको जनाइएको छ ।

बुधबार छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख बिष्णु कुमार भाम, नगर उपप्रमुख ऐश्वर्य मल्ल र गमगढी खानेपानी उपभोक्ता समितिका अध्यक्ष गोर्ख बहादुर मल्लले गमगढी खानेपानीका ट्याङ्कीहरु र पानी शुद्धीकरण गर्ने क्लोरिननेशन सिस्टम मेसिन जडानको अवलोकन गर्नुका साथै त्यसमा प्रयोग हुने सामग्रीका साथ मेसिनको उद्घाटन गरेका हुन् । 

गमगढी खानेपानी उपभोग गर्ने उपभोक्ता ४ सय २० घरधुरी छन् भने भामवाडा खानेपानी प्रयोग गर्ने उपभोक्ता २ सय २० घरधुरी रहेका छन् । पानी शुद्धीकरण गर्ने क्लोरिननेशन सिस्टम मेसिन जडान गरेसँगै उपभोक्ताहरुमा पानीजन्य रोगबाट बच्न सकिने स्थानीयको भनाइ छ ।

ADVADV

सम्बन्धित खबर

Advertise