२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

नेपाल वायुसेवा निगमको व्यावसायिक यात्रा धरासायी

ADV
छबि सापकोटा
२०८१ भदौ १३ गते ०६:४०
नेपाल वायुसेवा निगमको व्यावसायिक यात्रा धरासायी

काठमाडौं : नेपालको राष्ट्रिय ध्वजावाहक जहाज नेपाल वायुसेवा निगमको अवस्था दयनीय बन्दै गएको छ । गत आर्थिक वर्षमा नेपाल वायुसेवा निगम सबैभन्दा धेरै घाटा व्यहोर्ने संस्थान बन्यो । निगमले गत वर्ष नै ६५ करोड २९ लाख घाटामा व्यहोरोको छ । 

नेपाल वायुसेवा निगम २०७६ सालदेखि निरन्तर घाटामा चलिरहेको छ । घाटामा निरन्तर जादाँ निगम टाट पल्टने अवस्थामा देखिन्छ । वाइडबडी र न्यारोबडी जहाज खरीदका लागि लिएको ५० अर्ब ऋण तिर्न सक्ने अवस्था छैन । निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई ऋणको सावाँ ब्याज नै तिर्न सक्ने अवस्था छैन । अहिले निगमले वित्तीय संस्थाबाट कर्जा लिएर खरिद गरिएका जहाजको साँवा र ब्याज भुक्तानी गर्न समेत कठिन हुँदै गएको निगमका कर्मचारी बताउँछन् । यस्तै अर्काे भएका दुई वटा वाइडबडी जहाज चल्न छोडेका छन् भने न्यारोबडी जहाज समेत ग्राउण्डेड छ ।

इन्जिनको नियमित परीक्षण (सी–चेक)का लागि इटली पठाइएको एउटा वाइडबडी जहाज दुई महिना हुँदा समेत आएको छैन । अर्को वाइडबडी जहाज पनि सी–चेकको समय हुँदा ग्राउण्डेड गरिएको छ । निगमसँग अन्तर्राष्ट्रिय उडान भर्ने चार वटा जहाजमा नै समस्या छ । जहाज कम हुनु र भएका जहाजको समेत समयमै मर्मत सम्भार नहुँदा निगमको व्यावसायिक यात्रा नै धरासायी बनेको हो । निगमका जहाजमा समस्या निरन्तर देखिँदा यात्रुहरुमा समेत विश्वसनीयता गुमाउँदै गएको छ ।

निगमका जहाजको उडान नहुँदा विदेशी वायुसेवा निगमका एजेन्टहरुले पनि हवाई भाडामा अस्वभाविक वृद्धि गर्न थालेका छन् । विदेश जाने र चाडपर्व मनाउन नेपाल आउने नेपालीले सोही कारण चर्काे मूल्यमा टिकट किन्न बाध्य भएका छन् । निगमका जहाज दुई महिनासम्म समेत सी–चेक गरेर नफर्कने र अर्काे जहाजको समेत सी–चेकको समय हुँदा जहाजको व्यावसायिकतामा समस्या देखिएको हो । निगममा उच्च कर्मचारी र विदेशी वायुसेवाका हवाई माफियाको साठगाँठको कारणले निगमको अवस्था दयनीय भएको निगमका कर्मचारी बताउँछन् । यसरी निगमको अवस्था दयनीय हुँदा समेत कार्यकारी अध्यक्ष युवराज अधिकारीको कुनै नयाँ व्यवसायी योजना छैन् । सी–चेकका लागि गएको जहाज फर्कन अझै लामो समय लाग्ने भएको छ । लामो समय जहाज ग्राउण्डेड भएको विषयलाई लिएर निगममा माफियाको प्रभाव पारेको अनुमान निगमकै कर्मचारीहरुले गरेका छन् । 

जहाज नउड्ने तर प्रशासनिक खर्चमात्र धेरै हुँदा निगम घाटा उच्च हुने संस्थाको रुपमा चित्रित भएको छ । जहाज कम भएर सञ्चालनमै समस्या भइरहेको अवस्थामा जहाजलाई नियमित परीक्षणमै ध्यान नदिँदा निगमको व्यवसायिक योजना असफल हँुदै गएको हो । निगममा व्यवसायको स्पष्टता र प्रतिस्पर्धी वातावरण नबन्दा निगम समस्याबाट गुज्रिदै गएको छ । लामो समय जहाज ग्राउण्डेड हुँदा र निगमलाई दिनहुँ करोडौं घाटा हुँदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले कुनै एक्सन लिन सकेका छैनन । दुई वर्षअघि तत्कालीन पर्यटनमन्त्री प्रेम आलेले समेत कार्यकारी अध्यक्ष अधिकारीलाई हटाउने निर्णय गरेको भएपनि सर्वाेच्चको आन्तरिम आदेशले उनी पुर्नबहाली भएका थिए । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise