२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्न भेला

ADV
महमद सदाब
२०८१ भदौ १२ गते २२:०४
सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्न भेला

वीरगञ्ज : वीरगञ्ज महानगर पालिका अन्तर्गत रहेको सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई भेला गरी बृहत् छलफल गरिएको छ । सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको गुनासो सुन्न सभाको आयोजना गरिएको हो । 

वीरगञ्ज महानगर पालिकाका प्रमुख राजेश मान सिंहको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा प्रमुख सिंहले प्रध्यानाध्यापकहरुलाई भने, ‘तपाईंहरु मलाई साथ दिनुहोस्, सामुदायिक विद्यालयको स्तरले फड्को मार्नेछ ।’ सबैको साथ र सहयोगले सामुदायिक विद्यालयहरुलाई नमुना बनाउन सकिने उनले बताए । 

वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले विद्यार्थीहरुको भविस्य बनाउनेमा गुरुहरुको दायित्व रहेको बताए । 

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले प्रशासनिक काम कारबाहीबाट समस्या भए यसलाई नकारात्मक नलिन आग्रह गरे । 

प्रधानाध्यापकको गुनासोहरु सुन्दै त्यसलाई समाधान गर्नतर्फ लाग्ने शिक्षा महाशाखाका प्रमुख अरबिनद लाल कर्णले बताए ।

ADVADV

सम्बन्धित खबर

Advertise