२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

राजापुरमा नदी व्यवस्थापन तालिम सञ्चालन

ADV
सन्तोष पौडेल
२०८१ जेठ २८ गते २२:२३
राजापुरमा नदी व्यवस्थापन तालिम सञ्चालन

बर्दिया : बर्दियाको राजापुरमा दिगो माछा मार्ने विधि, नदी अनुगमन तथा नदी खण्ड सह–व्यवस्थापन सम्बन्धी तालिम सञ्चालन गरिएको छ ।

कर्णाली नदीमा ओत संरक्षणका लागि नदीमा आश्रित समुदायको जिविकोपार्जन तथा अभिभावकत्व सवलिकरण परियोजना अन्तर्गत सोनाह विकास समाजले तालिमको आयोजना गरेको हो ।

विश्व वन्यजन्तु कोष नेपालद्वारा नेपाल सरकारसँगको समन्वय र बेलायत सरकार अन्तर्गत दार्विन इनिसिएटिभको सहयोगमा, सोनाहा विकास समाज बर्दिया, डल्फिन संरक्षण केन्द्र कैलाली, मुक्त कमैया महिला विकास मञ्च कैलाली र साना स्तनधारी संरक्षण तथा खोज अनुसन्धान केन्द्र काठमाडौंद्वारा परियोजना सञ्चालित छ ।

कर्णाली नदी तथा नदीका माछामा आश्रित सोनाह तथा थारु समुदायलाई सवलिकरण गर्दै आफ्नो नदी खण्ड सह–व्यवस्थापन गर्दै नदीमा हुने अवैध गतिविधि रोकी स्वच्छ र सफा कर्णाली नदी वनाउन सहयोग पुर्‍याउने उद्देश्यले तालिमको आयोजना गरिएको सोनाह विकास समाजका कार्यक्रम संयोजक रत्न के. सी.ले बताए ।

तालिममा कर्णाली नदीको तल्लो तटमा आश्रित समुदायको बस्ती अनुसार कैलालीको लम्किचुहा नगरपालिकाको बलचौरदेखि बर्दियाको राजापुर नगरपालिकाको वडा नं. ४ छेदियासम्म गठन गरिएका १५ वटा सामुदायिक नदी खण्ड व्यवस्थापन समुहहरुबाट ४५ जनाको सहभागिता रहेको छ ।

२ दिनसम्म चल्ने तालिममा नेपालको जलश्रोत र जलीय जीवहरुको सिंहवालोकन तथा आइयुसियनको आधारमा संरक्षण स्थिति, समुदायमा–आधारित नदी अनुगमन, समुदायमा आधारित नदी अनुगमनको तरिका र दस्तावेजीकरण, नदीखण्ड संरक्षणको लागि सह–व्यवस्थापन, समुदायको स्वामित्वमा आधारित नदीखण्ड संरक्षणको लागि सह–व्यवस्थापन–अभ्यासका प्रक्रियाहरु तथा दिगो रुपमा माछा समात्ने अभ्यासहरु, माछा समात्ने साधन तथा उपकरणहरुको चिनारीका बारेमा सहजीकरण गरिने आयोजकले बताएको छ ।

तालिमको सहजीकरण  मत्स्य संरक्षण तथा मत्स्य खेती विज्ञ सुरेश कुमार वाग्लेले गरिरहेका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise