२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

प्रदेश सरकार अझै अपूर्ण

ADV
भावना पाठक
२०८१ भदौ १६ गते ०६:५०
प्रदेश सरकार अझै अपूर्ण

काठमाडौं : तीन वटा प्रदेश सरकारले प्रर्णता पाउन सकेको छैन । नेपाली कांग्रेस र नेकपा एमालेका बीचमा सत्ता समीकरण सुरुवात भएको डेढ महिनाको अवधिमा सबै प्रदेश सरकार फेरिए तर, गण्डकी, लुम्बिनी र कोशी सरकारले पूर्णता पाउन सकेका छैनन् । 

एमालेका हिक्मत कार्की नेतृत्वको कोशी सरकारमा कांग्रेस सहभागी भएको छैन । 

९ मन्त्रालय रहेको कोशीमा एमालेले मुख्यमन्त्रीसहित ५ र कांग्रेसले चार मन्त्रालय लिने सहमति भएको छ । तर, दुई दलबीचको आन्तरिक किचलोका कारण कांग्रेस सरकारमा सहभागी भएको छैन । 

गण्डकी प्रदेश सरकारले पनि पूर्णता पाउन सकेको छैन । कांग्रेसका सुरेन्द्र पाण्डे नेतृत्वको सरकारमा अहिलेसम्म एमाले सहभागी भएको छैन । लामो रस्साकस्सीपछि केही दिनअघि मन्त्रालयको संख्या र भागबन्डामा सहमति जुटे पनि एमाले सरकारमा सहभागी भइसकेको छैन । 

एमालेकै खगराज अधिकारी नेतृत्वको सरकार ढलेपछि आफू मुख्यमन्त्री बन्दा सघाएका नेपाल समाजवादीका फणिन्द्र देवकोटा र दीपक मनाङे (राजीव गुरुङ)लाई कांग्रेसले मन्त्रीबाट हटाउन चाहेको छैन । यहीकारण ७ मन्त्रालय रहेको गण्डकी प्रदेशमा अब बढाएर ९ मन्त्रालय पुर्‍याइने भएको छ । जसमा कांग्रेसले ५ तथा एमालेले ४ मन्त्रालय पाउने समझदारी छ । 

लुम्बिनीमा सरकारले नि पूर्णता पाउन सकेको छैन । एमालेका चेतनारायण आचार्य नेतृत्वको लुम्बिनी सरकारमा कांग्रेस सामेल भए पनि त्यहाँ कांग्रेसकै किचलोका कारण मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेको नेताहरू बताउँछन् । 

ADVADV

सम्बन्धित खबर

Advertise