२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

तरुण दल पर्साको आयोजनामा रक्तदान

Nada
महमद सदाब
२०८१ भदौ १५ गते २२:२२
Shares
तरुण दल पर्साको आयोजनामा रक्तदान

पर्सा : नेपाल तरुण दल पर्साले आयोजना गरेको रक्तदान कार्यक्रम वीरगञ्जमा सम्पन्न भएको छ । वीरगञ्जमा रगतको अभावका कारण नेपाल तरुण दल पर्साले  रक्तदान कार्यक्रमको आयोजना गरेको हो । उक्त रक्तदान  कार्यक्रममा १ सय २२ जनाले रक्तदान गरेका छन् । 

ncell

विरगञ्ज माइस्थान मन्दिर परिसरमा सम्पन्न उक्त कार्यक्रममा १ सय ११ जना पुरुष र ११ जना महिलाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगञ्जका कार्यालय सहायक राजन श्रीवास्तवले जानकारी दिए । 

उनका अनुसार विरगञ्जका विभिन्न समुदाय, संघ संस्थाका महिला र पुरुषहरुले रक्तदान गरेका थिए । 

नेपाल तरुण दल पर्साका अध्यक्ष विकास तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा मधेश प्रदेशका भूमि, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्री, नेपाली कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी, प्रवक्ता रमेश पाण्डे, वीरगञ्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलम, पूर्व उपमेयर शान्ति कार्की लगायतको उपस्थिति रहेको थियो ।

ताजा खबर

सम्बन्धित खबर