२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

हाइड्रोजन ग्यासको उत्पादन र उपयोगिता

ADV
मध्यान्ह
२०८१ भदौ १७ गते ०६:२०
हाइड्रोजन ग्यासको उत्पादन र उपयोगिता

–शिव कुमार श्रेष्ठ ‘शिवांसु’

हाम्रो साझा घर पृथ्वीको रक्षा गर्न हामी सबै एकजुट भई अग्रसर हुने दिन आइसकेको छ । जलवायु परिवर्तन, जैविक विविधता र प्रदूषणको त्रि आयामिक संकट हरेक वर्ष तीव्र एवम् पेचिलो हुँदै गइरहेको छ । तमाम जोखिम एवम् चुनौतीका बाबजुद हरित एवम् समतामूलक विश्व अर्थतन्त्र हासिल गर्न सकिन्छ । प्रकृतिको दोहन गरी ऐतिहासिक लाभ उठाएका विकसित देश र समुदाय आफ्नो लाभ स्विकार्दै जलवायु संकट न्यूनीकरणका लागि विशेष दायित्व बहन गर्नुपर्ने हुन्छ । तर, यी लक्ष्य जनहितका लागि दिगोपनालाई केन्द्रमा राख्दै पुरा गर्नुपर्छ । यो मानिस र पृथ्वीबिचको अन्तर्निहित सम्बन्धलाई पुनः सन्तुलित गर्ने उद्देश्य हो । 

साझा आकाङ्क्षाको उत्थान गर्दै र औसत शून्य कार्बन उत्सर्जनको भविष्य निर्माण गर्न समतामूलक जलवायु रूपान्तरण र दिगो विकास लक्ष्यको पूर्तिको लागि अन्तर्राष्ट्रिय सम्झौता कार्यान्वयनमा जोड दिनु हो । निश्चित समय सीमाभित्र प्रगतिलाई गति दिनुपर्छ । र, शून्य कार्बन उत्सर्जन हासिल गर्ने र विद्युतमा पहुँच नभएका ८० करोड मानिसलाई स्वच्छ ऊर्जा प्रदान गर्ने, संरक्षणका नयाँ उपायका साथै वन विनाश रोक्न, प्रकृतिको सम्मान गर्ने लक्ष्य तय गर्नुपर्छ । बढ्दो जलवायु परिवर्तनका कारण यसको महत्व संसारभर बढ्दै छ । हाल नेपाल सरकारले पनि ग्रिन हाइड्रोजनको उत्पादन तथा सह उत्पादन गर्ने उद्योगहरूलाई विभिन्न सुविधा दिने निर्णय गरी प्रोत्साहित गरेको छ । हाइड्रोजन नीतिलाई कार्यान्वयन ल्याउन विद्युत् विधेयकलाई संशोधन गरेर आवश्यक व्यवस्था गर्नु पर्छ । नभए छुट्टै हाइड्रोजन ऐन नै ल्याउनु पर्छ । 

ग्रिन हाइड्रोजन के हो त ? यो मुख्यतः बिजुलीले पानीलाई टुक्राएर हाइड्रोजन उत्पादन गरिन्छ । इलेक्ट्रोलाइसिस प्रक्रियामार्फत पानीमा हुने अक्सिजन र हाइड्रोजन टुक्राइने गरिन्छ । त्यसरी उत्पादन हुने हाइड्रोजनबाट बिजुली निकाल्न सकिन्छ । जुन सामान्य बिजुलीभन्दा सस्तो र भरपर्दो हुन्छ । साथै, त्यसरी निकालिएको हाइड्रोजनबाट सवारी साधन र उद्योगहरू सञ्चालन गर्न सकिन्छ । यो पेट्रोललगायत अन्य ऊर्जा पदार्थको तुलनामा प्रदूषण रहित हुन्छ । हाइड्रोजनबाट रासायनिक मल पनि बनाउन सकिन्छ । त्यसकारण पछिल्लो समय विश्वले ग्रिन हाइड्रोजनको उत्पादनमा जोड दिएको छ । 

विभिन्न अध्ययनले ठुला पानी जहाज, लरी, ट्रक, बसहरू हाइड्रोजनमार्फत सञ्चालन गरी आर्थिक र वातावरणीय हिसाबले अत्यन्तै लाभदायी हुने देखाएको छ । हवाई जहाज निर्माता कम्पनी एयर बसले पनि हाइड्रोजनबाट चल्ने हवाईजहाज निर्माण गरिसकेको छ । विभिन्न अध्ययनले विश्वव्यापी रूपमा खपत हुने ऊर्जामा २५ प्रतिशतको अनुपातमा ग्रिन हाइड्रोजनको हिस्सा ओगट्न सकिने देखाएको छ ।

जलवायु परिवर्तनको कारण स्वच्छ ऊर्जाको आवश्यकता बढ्दै गएको छ । त्यसमा ग्रिन हाइड्रोजन शत प्रतिशत स्वच्छ ऊर्जा हो । जर्मन, अमेरिका र चीनले ऐनको मूल विषय बनाएर नवीकरणीय ऊर्जालाई अनुदान प्रदान गरेका छन् । त्यस्तै, अस्ट्रेलिया यसको उत्पादनमा पछि–पछि दौडिरहेको छ । हरित हाइड्रोजन विश्व अर्थतन्त्रलाई जलवायु विनाशकारी जीवाष्मा इन्धनबाट शत प्रतिशत नवीकरणीय ऊर्जामा आधारित दिगो मोडेलतर्फm अग्रसर गराउने र दिगो समावेशी समृद्धि तर्फको यात्रामा सहयात्रीका रूपमा संलग्न हुने अपेक्षा गर्न सकिन्छ । हरित हाइड्रोजनको उदाउँदो अग्रदूतका रूपमा साचो नवीकरणीय ऊर्जासँग छ ।

ग्रिन हाइड्रोजनका फाइदाहरू :

१. पेट्रोलियम पदार्थको तुलनामा प्रदूषण रहित ।
२. डिजल र कोइला विस्थापित गर्न सकिने ।
३. पेट्रोलियम जस्तै सहज प्रयोग गर्न सकिने ।
४. विद्युतको खपत र पानीको सदुपयोग बढाउने ।
५. पेट्रोल, डिजल, विद्युत् भन्दा सस्तो ।
६. फलाम प्रशोधन गर्न सहज हुने ।
७. रासायनिक मल कारखाना स्थापनामा सहयोग ।

अहिले २ हजार गिगाबाइटभन्दा बढी विद्युत् उत्पादन कोइलाबाट हुने गर्छ । जिवाष्मा इन्धनले १.५ डिग्री सेल्सियसको औसत तापमान वृद्धिको सीमा कटाउन पर्याप्त कार्बन उत्सर्जन गर्छ । कार्बनविहीन व्यवस्थापन गर्न नवीकरणीय ऊर्जा अपनाउनु जरुरी हुन्छ । विश्वका उन्नत अर्थतन्त्र, जसले सबैभन्दा बढी कार्बन उत्सर्जन गर्छन्, तिनले जीवाष्मा इन्धनको प्रयोग घटाउनुपर्छ । सन् २०३० सम्ममा कोइला, सन् २०४५ सम्ममा तेल र सन् २०५० सम्ममा प्राकृतिक ग्यासको प्रयोगमा रोक लगाउनुपर्छ भनी पेरिस सम्मेलनमा सम्झौता भएको थियो । हरित ग्यास संक्रमणको रोकथामका लागि कार्बन सोस्ने उष्ण क्षेत्रीय वन भएका मुलुकलाई यस्ता वनको संरक्षण प्रयासका लागि आवश्यक स्रोत उपलब्ध हुनुपर्छ । कार्बन उत्सर्जन कम गर्न जलवायु अनुकूलन प्रविधिहरूको प्रयोग गर्नुपर्ने आवश्यकताका लागि हरित उत्पादनशील र समावेशी विकास हासिल गर्न जरुरी छ । जलवायु र विकास एकीकृत समाधानका लागि नीति र लगानी गर्नु पर्ने विश्व बैंकको सुझाव छ । 

चीन २७ प्रतिशत कार्बन उत्सर्जन गर्ने मुलुक भएता पनि सौर्य र वायु प्रविधिमा विश्वमा नै अग्रणी स्थानमा छ । चीन र अमेरिकाले जीवाष्मा इन्धनलाई प्रतिस्थापन गर्ने उद्देश्यले विश्वव्यापी नवीकरणीय ऊर्जा तीन गुणा वृद्धि गरी प्रदूषण घटाउने लक्ष्य लिएका छन् । चीन जलवायु परिवर्तनलाई आर्थिक नभई प्राविधिक रूपमा हेर्छ । चीनको विशाल घरेलु बजार र वायु एवम् सौर्यको व्यापार प्रयोगले नवीकरणीय लागत घटाउन योगदान पु¥याएको छ । चीनको यो किफायती हरित ऊर्जा विकासशील राष्ट्रको लागि पनि उपयोगी हुन्छ । 

चीन विद्युतीय वाहन उत्पादन र बिक्रीमा विश्वमै अग्रणी स्थानमा छ । सन् २०२३ मा नै जलविद्युत, वायु, सौर्य, विकास गरी उदाहरणको रूपमा छ । जैविक ऊर्जा र आणविक क्षेत्रमा न्यून कार्बन स्रोतले चीनको विद्युत् उत्पादन क्षमताको ५३ प्रतिशतभन्दा बढी हिस्सा ओगटेको छ । चीनले स्वच्छ ऊर्जालाई प्रोत्साहन गरेको छ । चीनको छिङ्हाई प्रान्तको सौर्य ऊर्जा योजना अन्तर्राष्ट्रिय सौर्य प्यानलले बालुवाको गतिलाई स्थिर बनाउँछ, सौर्यको किरण सोस्छ, पानीको वाष्पीकरण घटाउँछ । र, बिरुवाको अस्तित्वलाई बढाउँछ । भन्ने देखाएको छ । सन् २०५० सम्ममा नेट जिरो उत्सर्जनका लागि हरित हाइड्रोजन, उन्नत आणविक ऊर्जा सुधारिएको सौर्य एवम् वायु ऊर्जा र जीवाष्मा इन्धनको प्रयोगबाट आउने कार्बन र भण्डारण गर्ने प्रभावकारी विधि समावेश छन् । 

वि.सं. २०८० साल चैत्र १८ गते काठमाडौँ विश्वविद्यालयले काभ्रेको धुलिखेल स्थित आफ्नै परिसरमा हाइड्रोजन रिफ्युलिङ् स्टेसन निर्माण गरी हाइड्रोजन इन्जिनयुक्त कारमा हरित हाइड्रोजन ग्यास भरि गुडाएको हो । यस स्टेसनबाट करिब ४० देखि ४५ युनिट विद्युत् खपत गरी १० लिटर पानी खण्डीकरण (इलोक्ट्रोलाइसिस्) गरेर दैनिक २ किलो हाइड्रोजन ग्यास उत्पादन गरिरहेको छ । यसको मुख्य उद्देश्य भनेको हरित कर तथा कार्बन करको माध्यमबाट कार्बन उत्सर्जन न्यूनीकरण गर्ने हो । वातावरण र विकासबिच सन्तुलन कायम गर्न हरित विकासको अवधारणा कार्यान्वयन गर्ने हो । 

यस उद्देश्यलाई सफलता प्राप्त गर्न निम्न कुरा अवलम्बन गर्नु जरुरी छ । 

१.भौतिक पूर्वाधार विकासका लागि गर्दा हरियाली प्रवर्द्धन गर्नुपर्ने नीतिगत व्यवस्था गरी कडाइका साथ पालना गर्ने, गराउने ।
२. विगतका जोखिम न्यूनीकरण हुने गरी भौतिक संरचना निर्माण गर्ने ।
३.चक्रीय अर्थतन्त्र र हरित अर्थतन्त्रको विकासमा जोड दिने ।
४.प्रदूषण न्यूनीकरण गर्न स्वच्छ । ऊर्जा निर्माण गरी उपभोग दर बढाउने ।
५.वन विनाश न्यूनीकरण र वातावरण संरक्षणका लागि समुदाय स्तरमा जनचेतना फैलाउने ।
६.भौतिक वस्तुको बढ्दो उपयोग र भौतिक सुख सुविधामा रमाउने जीवन शैलीमा परिवर्तन गरी प्रकृतिको सामीप्यमा रमाउने जीवन शैलीतर्फ आम नागरिकलाई अभिमुख गराउने ।

सम्पूर्ण विश्वलाई नै दीर्घकालीन रूपमा लाभ दिने वस्तुको उत्पादन र प्रयोगमा ल्याउने नीति कार्बन उत्सर्जनलाई निरुत्साहित र हरित हाइड्रोजनलाई प्रोत्साहन गरी सम्पूर्ण प्राणी जगतको रक्षा गर्नुपर्ने हुन्छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise